मुटु बिरामीको १० सुरुवाती लक्षण
![](https://www.healthaawaj.com/wp-content/uploads/2021/04/Capture-11.jpg)
मुटुको बिरामी विश्वभरमा हुने मृत्युको कारण मध्य एक हो। यसलाई पहिचान गर्ने केहि प्रभावी तरिका छन्। तपाई केहि लक्षणलाई देखेर मुटुको बिरामी पत्ता लगाउन सकिन्छ। उदाहरणको लागि श्वासप्रश्वासमा कमी वा ब्लड प्रेशर बढ्ने जस्ता लक्षणहरु देखिन्छ।
१. उच्च रक्तचाप
बजारमा उपलब्ध डिजिटल ब्लड प्रेशर नाप्ने मेसिनबाट ब्लड प्रेसर जांच गर्न सजिलो हुन्छ। यदि तपाईको बुबाआमा ५० भन्दा बढी उमेरको हुनहुन्छ भने साताको १५ दिनमा रक्तचापको जाँच गराउनु पर्दछ। अनियन्त्रित उच्च रक्तचापले मुटुलाई कठोर बनाउन सक्छ। हाई ब्लड प्रेशरले कोरोनरी धमनीको रोगको खतरा बढ्न सक्छ। किनभने यो रक्तबाहिनीले गर्ने कार्यमा बाधा पुर्याउन सक्छ।
२. श्वासप्रश्वासमा कठिनाइ
रक्त संचारको प्रवाह उपयुक्त ढंगले श्वास लिने र हृदयलाई पम्प गर्नेबीचको घनिष्ठ सम्बन्ध हुन्छ । यदि हृदयमा पर्याप्त रगत पम्प गर्न सकेन भने श्वास लिनमा समस्या आउन सक्छ।
३. छातीको दुखाइ
कयौं पटक हामी ग्यास वा एसिडिटीले गर्दा छातिमा हुने दुखाइलाई बेवस्ता गर्ने गर्छौं। यदि तपाईको बुबाआमामा ओअनी छाति दुख्ने, वा दबाव महसुस हुन्छ भने यो हृदयघात हुने समस्या हुनसक्छ। केहि दुर्लभ केसमा भने हृदयघात हुने समयमा छाति नदुख्न पनि सक्छ।
४. हाई कोलेस्ट्रोल
हाई कोलेस्ट्रोल मुटुको समस्याको प्रमुख कारण बन्ने गर्छ। समय-समयमा हामीले कोलेस्ट्रोलको स्तर जाँच गराउनु पर्दछ। यसलाई नियन्त्रण गर्न हामीले गेडागुडी, हरियो तरकारी र फलफुल जस्ता स्वस्थ खाद्य पदार्थ सेवन गर्नुपर्दछ।
५. चक्कर आउनु
चक्कर आउने र अचेत अवस्थामा पुग्नु निम्न रक्तचाप र पर्याप्त रक्त पम्प नहुँदा हृदयको अक्षमताको संकेत हुनसक्छ।
६. घाटी र गिजामा दुखाइ
यदि घाटी र गिजामा दुखाइ हुनु पनि मुटु रोगको प्रारम्भिक लक्षण हुनसक्छ।
७. बोमिट र अपच
यदि बोमिट र अपच महसुस भयो भने पनि मुटुको प्रारम्भिक लक्षण हुनसक्छ।
८. ज्यादा पसिना आउनु
मुटुको समस्या भएको व्यक्तिलाई बढी पसिना आउने हुन्छ। विना कुनै कारण पसिना आउनु पनि मुटु रोगको सुरुवाती लक्षण हुनसक्छ।
९. खुट्टा सुनिनु
जब मुटुमा रक्त प्रवाह राम्ररी हुन पाउदैन तब खुट्टा सुनिने हुन्छ। यदि यहाँ बताइएको कुनै पनि लक्षण महसुस भएको छ भने जाँच गराउनुपर्दछ।
-एजेन्सी
धेरै पढिएका
- १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- २ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु
- ३ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं
- ४ साइड इफेक्ट
- ५ सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय
- ६ चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. खनालद्वारा राजीनामा
- ७ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल
तपाईको प्रतिक्रिया दिनुहोस