बलिउड अभिनेत्री आलिया भट्ट आज आफ्नो २७ औं जन्मदिन मनाइरहेकी छिन्। आलिया भट्ट बलिउडमा आफ्नो अभिनय र सुन्दरताको लागि लोकप्रिय छिन्। उनको प्यारो मुस्कान र चम्किलो छालाले जो कोहीलाई पागल बनाउँछ। आलिया भट्टलाई हल्का मेकअप मनपर्छ। उनले आफ्नो स्किनको हेरचाह गर्न होममेड पेस प्याकहरू प्रयोग गर्छिन्।

घरेलु फेसवासको प्रयोग
अभिनेत्री भट्टले अनुहारमा घरेलु फेसवाश प्रयोग गर्छिन्। उनले अनुहारमा मेवा वा सुन्तलाको धुलोमा मह मिसाएर अनुहारमा लगाउछिन। त्यसको १५ मिनेटपछि सफा पानीले अनुहार धुने गर्छिन। अनुहार सफा बनाएपछि आलियाले अनुहारमा मोइश्चराइजर लगाउछिन्। उनी छालामा हर्बल उत्पादन प्रयोग गर्छिन।

आलिया भट्टको हेल्दी स्किनको राज
आलिया भट्टले आफ्नो छालाको हेरचाह गर्न मुलतानी माटोको प्रयोग गर्छिन्। अनुहार सुन्निएको हटाउन अभिनेत्रीले अनुहारमा बरफ लगाउछिन। यस बाहेक, आलिया भट्ट आफ्नो आहारमा फलफूल र हरिया तरकारी खान्छिन्। स्वस्थ खाना बाहेक, आलिया दिनभर धेरै पानी पिउँछिन्।
सुत्नु अघि आलिया
अधिकांश महिलाहरू रातमा आफ्नो छालामा नाईट क्रीम लगाउँछन् तर आलिया भने रातमा सुत्नुअघि अनुहारमा केही पनि लगाउँदिनन्। उनी हर्बल फेसवासबाट अनुहार धोएर मात्र निदाउछिन्।
-एजेन्सी