२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यसाउथ अफ्रिकामा स्वीकृत नभएको भ्याक्सिन स्वास्थ्यकर्मीलाई दिइने

साउथ अफ्रिकामा स्वीकृत नभएको भ्याक्सिन स्वास्थ्यकर्मीलाई दिइने


लामो पर्खाइ पछि साउथ अफ्रिकी सरकारले खोप अभियान कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ। सरकारले जोनसन एण्ड जोनसनको स्वीकृत नभैसकेको खोप स्वास्थ्यकर्मीलाई दिने फैसला गरेको हो ।

त्यहाँका स्वास्थ्यमन्त्रीले दिएको यो जानकारीबाट सबै चकित परेका छन्।

सो खोपको क्लिनिकल ट्रायल परीक्षण अझै नै जारी छ। समाचार एजेन्सीको अनुसार स्वास्थ्यकर्मीको लागि दिइने पहिलो खोपको ८० हजार डोज साउथ अफ्रिका पुगिसकेको छ। उक्त भ्याक्सिन अनुसन्धानको हिसाबबाट प्रदान गरिँदै छ। खोप दिइने क्रममा स्वास्थ्यकर्मीलाई साइड-इफेक्ट वा अन्य इन्फेकशनको सम्भावनालाई ध्यानमा राख्दै लगातार निगरानीमा राखिनेछ।

त्यसबाहेक सोही कम्पनीको ५ लाख खोप अझै मगाउने तयारी भैरहेको छ।

यस्तोमा अफ्रिकाले हालै सीरम इन्स्टिट्यूट अफ इन्डियाकोतर्फबाट पठाएको कोरोना भ्याक्सिनलाई फिर्ता पठाउन चाहेको इकोनोमिक टाइम्सले जानाएको छ। यसअघि साउथ अफ्रीकाले आफ्नो खोप अभियान कार्यक्रममा एस्ट्राजेनेकाको भ्याक्सिन समावेश नगराउने निर्णय लिएको थियो।

-एजेन्सीबाट


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ