बढ्दो तौलबाट पीडित व्यक्तिहरूको लागि बेलायतले चाँडै नै फरक प्रकारको शल्यक्रिया सुरु गर्ने भएको छ। बेलायतको स्वास्थ्य एजेन्सी नेशनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार पेटको उक्त शल्यक्रियाबाट ३० किलोग्रामसम्म तौल घटाउन सक्छ। त्यसबाहेक सो शल्यक्रियाले मधुमेह, हृदयघात र स्ट्रोकको जोखिम पनि कम गर्न सकिन्छ।
यो शल्यक्रिया किन विशेष ?
एनएचएसका अनुसार यस शल्यक्रियाबाट पेटको आकार दुई तिहाईसम्म घट्छ। करिब ९० मिनेटको अवधिमा सकिने सो शल्यक्रिया पछि पेटमा कुनै दाग पनि बस्दैन। शल्यक्रियाको लागि सबैभन्दा पहिला बिरामीको मुखमा एक एन्डोस्कोप (उपकरण) राखिन्छ जुन पेटमा पुगेर त्यहाँको भित्तामा टाँका लगाइन्छ। ताकि यसलाई छोटो बनाउन सकियोस। नतिजास्वरूप पेटको आकार घट्छ।
सर्जरी पछि पेटको आकार सानो हुने हुँदा भोक कम लाग्छ। बिरामीलाई ज्यादा खाना नखाने सुझाव दिइन्छ। नत्र टाँका खुल्ने सम्भावना हुन्छ। सर्जनका अनुसार यो प्रक्रिया वजन घटाउने अन्य उपचारको दाँजोमा ज्यादा सफल छ। यसको लागि बिरामीको अनुमतिको आवश्यक पर्दछ।
ब्रिटेनमा २० लाख मानिस मोटोपनाको समस्याबाट ग्रसित छन्। तौल ठुलो भएकै कारण स्वास्थ्यमा नराम्रो असर परिरहेको छ। विशेषज्ञको अनुसार मोटापनाले मुटुरोग, डायबिटीज, स्ट्रोक बाहेक हड्डी ड्यामेज हुने खतरा पनि बढाउँछ।
-एजेन्सी