२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यमुटुको चालबाट पहिचान गर्नुहोस कोरोना संक्रमणको सङ्केत

मुटुको चालबाट पहिचान गर्नुहोस कोरोना संक्रमणको सङ्केत


पुरा विश्वमा कोभिड-१९ को बढ्दो केस र बेलायतमा कोरोनाको नयाँ स्वरूप देखिए लगत्तै जनमानसमा त्रास फैलिएको छ। कोरोना भाइरसको लक्षण र अन्य रोगसमबन्धि समस्या बारे सबैलाई जानकारी नै छ। तर एक नयाँ रिपोर्टले भने मानिसको मुटुको चालमा आएको परिवर्तनले कोरोना संक्रमण भएको वा नभएको भन्ने सङ्केत दिने बताएको छ। अर्थात तपाईको मुटुको छालमा असामान्य परिवर्तन आएमा कोरोना पोजेटिभ हुनसक्छ।

यो अध्ययन ‘कोभिड १९’को ‘सिम्पटम्स स्टडी एप’ द्वारा ४० लाखभन्दा बढी तथ्याङ्कको अध्ययनमा आधारित छ। मुटुको धड्कनको गतिको संकेतले कोरोना संक्रमणबारे थाहाँ पाउने दावी गरिएको छ।

उक्त एपको अनुसन्धानकर्ताको मान्ने हो भने धड़कनको असामान्य गति नै ‘हाई हार्ट रेट’को कारण बन्न सक्छ। यसमा मानिसको धड़कनको प्रति मिनेट एकसय बीट्स पुग्ने गर्छ।

हार्ट बिटबाट कोरोना संक्रमणको पहिचान गर्नु अघि कमसे कम ५ मिनेट आराम गर्नुहोस। त्यसपछि कान्छी र बीचको औलांले पल्सको रेट जाँच गर्नुहोस।

त्यससमय नारीको नसा वा गर्दन नजिक ‘विन्ड पाइप’लाई हल्का सँग प्रेस गर्नुहोस। मुटुको चाललाई ३० सेकेन्डसम्म गन्नुहोस् र त्यसलाई २ले गुणान गर्नुहोस। हार्ट बीटको सही रेट आउने गर्छ। एक्सपर्ट्सका अनुसार पल्स बीटको एक रेगुलर रिदम सामान्य हुने गर्छ। यदि तपाईको हार्ट रेट प्रतिमिनेट ६० देखि १०० सम्म छ भने सबै सामान्य छ। त्यसभन्दा माथि भएमा कोरोनाले संक्रमण गरेको हुनसक्छ।

बेलायत कोभिड-१९को पहिलो खोप बनाउने बेलायत अहिले रुप बदलिने भाइरसको केन्द्र बनेको छ। जसकारण फेरीएकपटक उथलपुथलको अवस्था सृजना भएको छ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ