कोरोनाको नयाँ स्वरूपको संक्रमणसँग लडिरहेको बेलायतले खोप अभियानको ‘मिक्स एण्ड म्याच’ योजनालाई अनुमति दिइएको छ। उक्त निर्णयले विशेषज्ञको चिन्ता झनै बढेको छ। बेलायतमा यदि भ्याक्सिनको दोश्रो डोज उपलब्ध नभएमा पहिलो डोज दिईएको दाताहरुलाई वैकल्पिक खोप दिने निर्णय भएको हो।
तीव्ररुपबाट फैलिएको कोरोना संक्रमणबीच ब्रिटेनमा खोप योजनामा अचानक परिवर्तन गरिएको छ। जसअनुसार ‘मिक्स एण्ड म्याच’ तरिकाबाट भ्याक्सिन लगाउने अनुमति दिइएको हो। खोप अभियान पोलिसीमा भनिएको छ, ‘यदि कुनै बिरामीले दोश्रो डोज पाएका छैनन् र पहिको डोजको उत्पादकको बारेमा जानकारी छैन भने विकल्पको रुपमा अर्कै खोप लगाइनेछ।’
के भन्छन् विशेषज्ञ ?
बेलायतको यो योजनाले अमेरिकी औषधी कम्पनीको तर्फबाट जारी निर्देशनको पुरारुप उल्लघन गरेको वि विशेषज्ञहरु बताउँछन। सो निर्देशनमा प्रष्टसँग भनिएको छ कि कुनै पनि भ्याक्सिनलाई बदलिन मिल्दैन। अहिलेसम्म कुनै पनि भ्याक्सिनलाई ‘मिक्स एण्ड म्याच’ गरिएको छैन। यस्तो गरेमा भ्याक्सिनको प्रभाव आकलन गर्न सकिने छैन।
नयाँ भाइरसले बेलायतमा पछिल्लो महिनामा कोरोनाको नयाँ स्वरूपले तहल्का मच्चाएको छ। नयाँ स्वरूप पहिलाको दाँजोमा कम घातक बताइन्छ। नयाँ स्वरूपले कोरोना संक्रमण बढेपछि ददेशलाई लकडाउन गरिएको छ।
-एजेन्सी