अमेरिका र ब्रिटेनमा कोरोनाविरुद्धको खोप दिँदा हालसम्म ४ जनामा एलर्जी देखियो। यस विषयमा बोल्दै विशेषज्ञहरुले खोपपछि एलर्जी रियाक्सन हुनु निकै दुर्लभ मानिने र डराउनु नपर्ने बताएका छन्।
हालै बोस्टनको जेरियाट्रिक ओन्कोलोजिस्टलाई पनि खोप लगाउँदा उनलाई पनि चक्कर आएको जस्तो महसुस भयो। अमेरिकाका मेसाचुसेट्स जनरल अस्पतालका एलर्जी विशेषज्ञ र इम्यूनोलोजिस्ट डा. किम्बर्ले ब्लूमेन्थल भन्छन्, ‘खोपका कारण एलर्जी देखिनु एकदमै दुर्लभ मानिन्छ। यस्तो १० लाखमध्ये एक व्यक्तिमा हुने सम्भावना हुन्छ । अमेरिका र ब्रिटेनमा एलर्जीको जुन केस देखियो त्यहाँको हटस्पट क्षेत्रको हो। वैज्ञानिकहरुले यस समस्याको जरासम्म पुग्नको लागि बिरामीको अवस्थाको पनि अध्ययन गर्नुपर्ने हुन्छ ।’
एलर्जीको अर्को कारक पनि हुनसक्छ
खोपमा प्रयोग हुने तत्व पीईजीको उच्चस्तरमा प्रयोग हुने गर्छ। अल्ट्रासाउन्ड जेल,खोपबाट दिइने स्टेरोयडकोसँगै अन्य औषधीहरुमा पनि उपयोग हुने गर्छ। डा. ब्लूमेन्थलले भने, ‘पीईजीको कारण मैलेहालसम्म मात्र एक एलर्जीको केस देखेको छु जुन वास्तवमा असामान्य छ।’
एलर्जी हुनुको केहि अन्य कारण हुने पनि सम्भावना हुन्छ। खोपको वितरण देखि लिएर पहुँच र निगरानीसम्मको प्रक्रियामा ध्यान दिनुपर्ने हुन्छ।
१० तत्त्व मिलेर बन्छ खोप
ब्लूमेन्थलका अनुसार फाइजरको खोप १० तत्त्व मिलेर बनेको छ। यीनै १० तत्वको कारण यस्तो केस देखिने पनि सम्भावना रहेको हुन्छ। यसमा सबैभन्दा महत्वपूर्ण म्यासेन्जर एमआरएनए जेनेटिक म्याट्रियल जुन शरीरलाई भाइरसबाट लड्नको लागि तयार गर्दछ।
एमआरएनए मानिसको कोशिकाहरुमा मिल्छ जसको कुनै खतरा हुँदैन र खोप लगाएको एकदिनभित्र यसको असर कम हुन थाल्छ। जसले मानव शरीरमा कुनै हानी गर्दैन।
खोपमा एमआरएनए बाहेक नौं अन्य तत्व हुन्छ । जसमा नुन, फ्याट र चीनीसम्म समाबेश हुन्छ। जसको काम भ्याक्सिनलाई सुरक्षित राख्नु हो। यो सबै ९ तत्व एलर्जीको साइडइफेक्ट हुँदैन । मात्र एक केमिकल पोलिथाईलाइन ग्लाइकोल (पीईजी) एलर्जी रिएक्शन हुन्छ। जुन एमआरएनएलाई तेलयुक्त सतहमा प्याक गर्छ जुन मानव कोशिकाहरुमा खोपलाई सुरक्षित राख्ने काम गर्छ जसबाट कुनै खतरा हुँदैन।
-एजेन्सी