‘नाइटफल’ अर्थात् स्वप्नद्धोष भन्नाले निन्द्राको क्रममा पुरुषमा हुने स्खलन भन्ने बुझिन्छ । सामान्यतयाः बालकबाट किशोर वा वयस्क अवस्थामा प्रवेश गर्दै गर्दा उनीहरुमा हुने हार्माेन परिवर्तन वा गडबढका कारण यस्तो समस्या देखा पर्दछ ।
यस्तै, कम उमेरका पुरुषले हस्तमैथुन प्रकृया सुरु गरेसँगै वा उनीहरुले देख्ने यौन गतिविधिका सपनाका कारण पनि उनीहरुमा स्वप्नद्धोष हुने गर्दछ । अर्थात्, सपना र हस्तमैथुनकै कारण पुरुषमा स्खलनन अर्थात् नाइटफल हुने गर्छ । जुनसुकै उमेरमा पर्न पनि देखिन सक्ने यसलापनि यसलाई खासै ठूलो समस्या नलिन विज्ञहरुको सुझाव रहेको छ ।
यद्यपि यस विषयलाई पुरुषहरु एक लाजको विषय मान्दै यसबारे खुला रुपमा आफ्नो परिवार एवम् साथीभाईसँग कुरा गर्न खोज्दैनन् । तसर्थ, यसको उचित जानकारी प्राप्तको लागि चिकित्सकको सल्लाह पनि लिन सकिन्छ । बढ्दो आधुनिकीकरणका कारण हाल अश्लील सामाग्री र इन्टरनेटले धेरैको जीवनलाई अल्मलाएको छ ।
पुरुषमा हुने नियमित वा लगातार स्वप्नद्धोषको कारण नियमित अश्लील सामाग्री हेर्ने क्रियाकलापका कारण पनि हो । तसर्थ, यसले यौनलाई गलत कोण प्रदान गर्न मद्दत गर्ने विज्ञहरुको राय रहेको छ । यसरी रातमा स्वतः हुने यस स्खलनलाई गलत धारणाबाट बुझेका कारण व्यक्तिहरु खुलेआम यस विषयमा कुरा गर्न रुचाउँदैनन् ।
उनीहरु यस विषयमा फुसफुसाउँछन् मात्रै । जुन विल्कुल गलत हो । किशोर–किशोरी एवम् युवाहरुले यौन समस्याको विषयमा सहि कारण एवम् सहि उत्तर खोज्ने गर्नुपर्छ । ताकि उनीहरुमा देखा परेको समस्याको हल सजिलै गर्न सकियोस् ।
स्वप्नद्धोषको विषयमा के भन्छन् त चिकित्सकहरुः
स्वप्नद्धोषलाई सामान्य समस्याको रुपमा लिएता पनि केहि व्यक्तिमा भने यो लगातार एवम् निरन्तर समस्याको रुपमा देखा पर्दछ । चिकित्सकका अनुसार यसबाट राहत पाउने थुप्रै उपायहरु छन् । जसका लागि निम्न उपायहरु अपनाउन सकिन्छः
- मसालेदार खानाबाट टाढा रहने
- उचित आहार एवम् डाइटको प्रयोग
- नियमित कसरत गर्ने
- सुत्नुअघि पिसाब गर्ने बानी बसाल्ने
- अश्लील सामाग्रीबाट टाढा रहने
- कब्जियतको समस्या छ भने त्यसको उपाचार गर्ने
- सुत्नुअघि कुनै राम्रो पुस्तकको अध्ययन वा गीत–संगीत सुन्ने
- टेस्टोस्टेरोन औषधीको प्रयोगकर्ताले भने यसको डोज घटाउने वा प्रयोग गर्न छोड्ने ।
उपचार
स्वप्नद्धोष सम्बन्धि भएका विभिन्न अन्धविश्वास एवम् मिथ्थाका कारण यसप्रति व्यक्तिहरुको नकरात्मक धारणा रहेको पाइन्छ । सम्भोगको क्रममा उचित रुपमा तयार हुन नसकेका कारण स्वप्नद्धोष हुन्छ, यो कमैमा मात्र देखिन्छ, नियमित हस्तमैथुन यसको कारण हो र यसले व्यक्तिलाई यौनिक रुपमा कमजोर बनाउँछ भन्नेजस्ता यी सबै कुराहरु यससम्बन्धि जोडिएका मिथ्थाहरु हुन् । तसर्थ सर्वप्रथम प्रत्येक व्यक्तिले
यससम्बन्धि भएको मिथ्थाबाट बाहिर निस्किएर यसको सहि जानकारी हासिल गर्नुपर्दछ । त्यसबाहेक आयुर्वेद चिकित्सा प्रणालीमा स्वप्नद्धोष समस्याका विभिन्न उपचार पद्धति रहेका छन् । आयुर्वेद अन्र्तगत तनाव, चिन्ता एवम् बढ्दो व्यस्त जीवनशैलीलाई स्वप्नद्धोषका कारण मानिन्छ । यस अर्थमा भन्ने हा भने व्यक्तिको जीवनशैलीको प्रतिफल पनि हो स्वप्नद्धोष ।
तसर्थ, आयुर्वेद चिकित्सा प्रणाली अनुसार आफ्नो जीवनशैली परिवर्तन गरी यसका कारणबाट टाढा रहदै उचित आहार, डाइट, व्यायाम एवम् योगासंगै आरामदायी बाथ लिनाले पनि यस समस्याबाट राहत पाउन सकिन्छ । यस्तै यस समस्या समाधानका लागि आयुर्वेदमा दिइने औषधीको प्रयोग पनि प्रभावकारी रहन्छ ।
-एजेन्सी