भारतीय केन्द्रिय सरकारले सबै राज्यहरुलाई ‘एन नाइन्टी फाइभ’ मास्कको प्रयोगले कोरोना भाइरस नियन्त्रणको निम्ति हानिकारक बताउँदै पत्र लेखेको छ । श्वासप्रश्वासको निमित्त मानिसहरुले प्रयोग गर्ने भल्भ सहितको एननाइन्टि फाइभ मास्कको प्रयोगले भाइरस नरोक्ने र भाइरस रोकथामका लागि यसको प्रयोग हानिकारक रहेको भन्दै केन्द्रिय सरकारले चेतावनी सहितको उक्त पत्र जारी गरेको हो ।
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवा महानिर्देशक (डिजिएचएस)द्धारा राज्यका स्वास्थ्य चिकित्सा शिक्षाका प्रमुख सचिवहरुलाई लेखिएको उक्त पत्रमा; विशेषगरी स्वास्थ्यकर्मी बाहेक अन्यका लागि एननाइन्टि मास्कको प्रयोग अनुपयुक्त रहेको उल्लेख गरिएको छ ।
यससँगै डिजिएचएसले मुख ढाक्नका लागि स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध सुरक्षात्मक आवरण भएको घरेलु(घरमा बनेको) मास्क प्रयोगका लागि समेत सुझाव दिएको छ ।
अनुरोध एवम् चेतावनी समेत दिँदै डिजीएचएस राजीव गर्गले पत्रमा लेखेका छन् –
‘कोरोना भाइरस प्रसारण रोक्नकै लागि प्रयोग गरिने (भल्भ सहितको एननाइन्टि फाइभ मास्क) प्रयोग हानिकारक रहेको छ । किनकी यसले भाइरसलाई मास्कबाट बाहिर निस्कनमा कुनै पनि रोक लगाउदैन भन्ने कुरा जनचेतनासम्म पु¥याउन आवश्यक रहेको छ । उपरोक्त कुरालाई ध्यानमा राख्दै अनुहार तथा मुख ढाक्ने मास्कको उपयोग गर्न र एननाइन्टि मास्कको अनुचित प्रयोग रोक्नका लागि सबै सम्बन्धित निकायलाई निर्देशन दिन हुन म हार्दिक अनुरोध गर्दछु ।’
भारतीय सरकारले यसअघि पनि गत अप्रिलमा अनुहार एवम् मुखका लागि कभर सहितको होम प्रोडक्टिभ मास्क प्रयोगका सम्बन्धमा एक सुझाव जारी गरेको थियो । जसमा सर्वसाधारणलाइ घरबाहिर निस्कदा यसको प्रयोग गर्न निर्देशन दिइएको थियो । यससंगै जारी उक्त निर्देशनमा; प्रयोग गरिएको मास्क दिनहुँ धुने तथा सफा राख्नुपर्ने र, यस मास्क उत्पादनका लागि कुनै पनि किसिमको सुतीको कपडा प्रयोग गर्न सकिने कुरा समेत उल्लेख गरिएको थियो ।
उक्त निर्देशिका अनुसार कपडा जुनसुकै रंगको भएता पनि सर्वप्रथम त्यसलाई उम्लिएको पानीमा राम्ररी करिब ५ मिनेटसम्म धुने र प्रयोग गर्नुअघि त्यसलाई राम्ररी सुक्न दिनुपर्दछ । यसरी उमालिएको पानीमा नुन मिसाउन समेत सुझाव दिइएको छ ।
यद्यपि घरमै बनाइने यस्ता मास्क व्यक्तिको अनुहारमा राम्ररी फिट हुने कुरामा पनि निश्चित हुनुपर्ने भन्दै यसका लागि खाली ठाउँ नराखी मुखको नाप लिइनु पर्नेमा समेत जोड दिइएको छ । मास्कको प्रयोग गर्नुपुर्व राम्ररी हात धुन तथा मास्कमा आद्रता हुनुअगावै यसको परिवर्तन गर्न र एउटा मास्क एकजनाले मात्रै प्रयोग गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
यस्तै, यससम्बन्धमा विज्ञहरुले समेत ‘एउटा मास्कको प्रयोग एक व्यक्तिले मात्रै प्रयोग गर्नुपर्ने र परिवारका प्रत्येक सदस्यपिच्छे भिन्न–भिन्न मास्क हुनुपर्छ’ भन्ने सल्लाह दिएका छन् । भारतका केन्द्रिय स्वास्थ्य मन्त्रालयका आकँडा अनुसार, सोमबारसम्ममा भारतमा संक्रमितको संख्या ११ लाखभन्दा माथि पुगेको छ ।
युनियन हेल्थ मिनिस्टरीको आकँडा अनुसार संक्रमण मुक्त हुनेको संख्या भने बढेर ७ लाखभन्दा माथि पुगेको छ । यसैगरि संक्रमणकै कारण एकै दिनमा ज्यान गुमाउने ६ सय ८१ संख्या सहित यहाँ हालसम्म कुल २७ हजार ४ सय ९७ जनाले आफ्ना ज्यान गुमाएका छन् । सोमबार बिहान ८ बजेसम्मको तथ्यांक अनुरुप हालसम्म यहाँ ११ लाख १८ हजार ४३ कोरोना संक्रमितका केशहरु दर्त भएका छन् ।
-एजेन्सी