प्रोस्टेट क्यान्सर भन्नाले पुरुषग्रन्थीमा हुने क्यान्सर भन्ने बुझिन्छ । वोर्ल्ड क्यान्सर रिसर्च फन्डको तथ्यांक अनुसार संसारभर अधिक मात्रामा देखिने क्यान्सरको दर्जामा यो चौथो स्थानमा रहेको छ । सन् २०१८ को वर्षमा मात्रै करिब १० लाख ३० हजार भन्दा बढि पुरुषहरु यस समस्याको शिकार भएको पाइएको छ । यस्तै विभिन्न अध्ययनले जनाए अनुसार प्रत्येक वर्ष लाखौँ संख्यामा पुरुषहरु यस समस्या लिएर उपाचारका लागि धाउने गरेका छन् ।
प्रोस्टेट क्यान्सर भनेका के हो?
प्रोस्टेट पेटको तल्लो भागमा पाइने एक किसिमको सानो ग्रन्थी हो । यो मुत्राशयको तल र मुत्रनलीको नजिकै रहेको हुन्छ । टेस्टास्टेरोन हार्माेनको नियन्त्रणमा रहने को मुख्य काम भनेको वीर्य उत्पादन गर्नु हो ।
प्रोस्टेट क्यान्सर पुरुषहरुमा देखिने एक साझा समस्या हो । ६५ वर्ष पार गरेका अधिकांश पुरुषमा प्रोस्टेट क्यान्सर देखिन्छ । क्रमिक रुपमा यो व्यक्तिमा बढ्दै–बढ्दै जान्छ । शुरुवाती चरणमा प्रोस्टेट ग्रन्थीसम्म मात्रै सिमित रहने यो समस्याका व्यक्तिलाई अनिवार्य रुपमा उपचारको आवश्यकता पर्दछ । अन्यथा व्यक्तिमा अन्य प्रकारका समस्या समेत देखा परी तीव्र रुपमा फैलिने सम्भावना रहन्छ ,
यसका लक्षणहरु
१. लगातार पिसाब गर्न मन लाग्नु । यस्तो समस्या रातको समयमा पनि देखिन सक्छ ।
२. पिसाब फेर्न वा रोकिराख्न समस्या हुनु
३. पिसाबमा रगत देखिनु
४. पिसाब फेर्नसँगै स्खलननमा समेत पिडा हुनु
५. उत्तेजित तथा यौन सन्तुष्टिमा कठिनाइ हुनु
६. हाडसम्बन्धि समस्या देखा पर्नु
७. पुठ्ठामा असहज महशुस हुनु ।
कारणहरु
हालसम्म प्रोस्टेट क्यान्सर के कारण हुन्छ भन्ने कुराको उचित यकिन गर्न सकिएको छैन । चिकित्सकले जनाए अनुसार प्रोस्टेटका कोषिकाहरु आएको असन्तुलनसँगै व्यक्तिमा यसको सम्भावना उच्च रहन्छ । असामान्य कोषिकाको डिएनएमा म्युटेसनका कारण कोषहरु बढ्ने र सामान्य कोषिकाभन्दा बढि छिटो विभाजन हुने गर्दछ । असामान्य कोषिकाहरु जिवित रहदै अन्य कोषहरुको भने मृत्यु हुन्छ । यसपश्चात् जम्मा भएका असामान्य कोषहरुले ट्युमर बनाउँछ जसले नजिकको टिस्युहरुमा आक्रमण गर्दछ । कतिपय असामान्य रहेको कोषहरु पनि टुक्रिएर शरीरको अन्य भागहरुमा फैलिने सम्भावना उच्च रहन्छ ।
यसबाहेक निम्न व्यक्तिहरुलाई प्रोस्टेट क्यान्सरको समस्या अधिक मात्रामा देखिएको पाइएको छ :-
- बढ्दो उमेर
- वशांणुगत समस्या
- मोटोपन
- र, काला रंगका व्यक्तिहरु
बच्ने तथा समाधानका उपायहरु
- स्वस्थवद्र्धक खाद्य पदार्थको पुरक वा सप्लीमेन्ट्स प्रयोग
- फलफूल एवम् तरकारीको अधिक सेवन
- दूध एवम् दूधजन्य परिकारको अधिक सेवन नगर्न्
- रातो मासुको प्रयोगबाट टाढा रहने
- उचित तौल कायम राख्ने र,
- आफूमा कुनै पनि किसिमको लक्षण देखा परी प्रोस्टेट क्यान्सरको शंका लागेमा तुरुन्त चिकित्सकको परामर्श लिने
-एजेन्सी