२०८१ मंसीर ५, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना संक्रमित थपिए लगत्तै हङकङमा बैंक बन्द

कोरोना संक्रमित थपिए लगत्तै हङकङमा बैंक बन्द


हङकङमा कोरोना संक्रमितको नयाँ केस देखिए लगत्तै त्यहाँका बैंकहरु बन्द गरिएका छन् । राउटर्स न्युज एजेन्सीले जनाए अनुसार एसियाली वित्तिय हबमा कोरोना भाइरसका नयाँ केस देखिएसँगै भिडभीड नहोस् र कोरोना संक्रमणबाट बच्नका लागि एचएसबीसी, स्टाण्डर्ड चार्टड तथा हङकङका अन्य बैंकका शाखाले आफ्नो कामको समय कटौती गर्दै बैंकहरु बन्द गरेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाका थप नयाँ १ सय केसहरु दर्ता भएका छन् । जनवरीको अन्त्यबाट शुरु भएको महामारीको अवधिदेखि हालसम्म २४ घण्टाको अन्तरालमा हङकङमा देखिएको यो सबभन्दा धेरै संक्रमित संख्या हो । हालसम्म त्यहाँ २ हजारको हाराहारीमा मात्रै संक्रमित संख्या रहेका छन् भने संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ रहेको छ ।

बढ्दैछ दक्षिण कोरियामा पनि संक्रमितको संख्या

दक्षिण कोरियामा पनि कोरोनाका नयाँ केशहरु धमाधम देखिन थालेका छन् । सोमबार गरिएको रिपोर्ट अनुसार, त्यहाँ नयाँ कोरोना संक्रमितको संख्या दुई अंकमा देखिन थालेको हो । यद्यपि देखिएका नयाँ केसहरु भने ३० भन्दा तल अंकमा नै रहेको पाइएको छ ।

कोरिया सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले जनाए अनुसार, त्यहाँ थप २६ नयाँ केसहरु थपिएका छन् । तीमध्ये २२ जना संक्रमित बाहिरबाट आएका हुन् भने ४ जना स्थानिय नै रहेका छन् । हालसम्म त्यहाँ कुल संक्रमित संख्या १३ हजार ७ सय ४५ रहेको छ भने सोमबारसम्म संक्रमित मृतकको संख्या २ सय ९६ पुगेको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ