२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यफष्ट केस : जीवन र मृत्युसँग जुधिरहेकी कोरोना संक्रमित बिरामीको दुवै फोक्सो प्रत्यारोपण सफल

फष्ट केस : जीवन र मृत्युसँग जुधिरहेकी कोरोना संक्रमित बिरामीको दुवै फोक्सो प्रत्यारोपण सफल


दक्षिण कोरियाकी एक कोरोना संक्रमित बिरामी महिला एक सय १२ दिनपछिको लामो अवधि पश्चात दुवै फोक्सो प्रत्यारोपणबाट निको हुँदै छिन् । गत फेब्रुअरीको अन्तिममा ५० वर्षीया ती महिलालाई फोक्सो सम्बन्धि रोग लागेपछि अस्पतालमा भर्ना गरिएको थियो।

त्यसपछि १६ हप्ता एक्स्ट्रास्पोरियल झिल्ली अक्सिजन (ECMO) सहयोगमा उनलाई राखिएको थियो। जसमा बिरामीको रगत परिचालित गर्नु पर्ने मेसिनमार्फत रातो रक्त कोशिकामा अक्सिजन थप्ने काम हुन्छ।

कोरोना बिरामीले इसीएमओ सहयोगमा लामो समय बिताएको विश्वकै यो पहिलो केस रहेको चिकित्सकहरूले बताएका छन्। हलेम विश्वविद्यालय सेक्रेड हार्ट अस्पतालका पल्मोनरी र क्रिटिकल केयर मेडिसिनका प्रोफेसर डा. पार्क सुङ्ग-हनले एन्टी-मलेरियल हाइड्रोक्सीक्लोरोक्विन, एचआईभी उपचार क्यालेरा र स्टेरोइडजस्ता विभिन्न औषधीहरूले उनको फोक्सोमा दाग लाग्ने फुफ्फुसीय फाइब्रोसिस रोक्न असफल भएको बताइन्। उनले भनिन्, ‘त्यसको एउटा मात्र विकल्प थियो -फोक्सो प्रत्यारोपण ।’

‘इसीएमओमा राखिएका बिरामीहरुमा फोक्सो प्रत्यारोपणमा सफलता पाउनु भनेको ५० प्रतिशत मात्रै सम्भावना हुन्छ। तर, भाग्यवस शल्यक्रियाको लागि हाम्रो बिरामी पूरा तयारी अवस्थामा थिए, जब हामीले दाता भेट्टायौं, ‘ अस्पतालका एसीएमओ कार्यक्रमका निर्देशक डा. किम ह्युङ्ग-सूले भने।

ती बिरामी महिलाले आफ्नो पहिचान चिनाउन र अन्तर्वार्ता गर्न अस्वीकार गरेकी छिन् ।

आठ घण्टाको शल्यक्रिया गरेका डाक्टरहरूले उनको नष्ट गरिएको फोक्सोलाई चट्टानजस्तो कठोर भएको भन्दै वर्णन गरे। उनी अस्पताल आउँदा उनमा एक तीव्र श्वासप्रश्वासको समस्या सिंड्रोम (एआरडीएस) थियो, ‘पार्कले भनिन्, ‘र इसीएमओको मद्दत बिना उनी बच्नु भनेको असम्भव जस्तै  थियो।’

इसीएमओ मेसिन सामान्यतयाः बिरामीहरूमा प्रयोग गरिन्छ जसलाई भेन्टिलेटरले भन्दा बढी मद्दत चाहिन्छ। र जसको मृत्यु हुने ९० प्रतिशत सम्भावना हुन्छ। किमले भने, ‘आधा बिरामीहरू दुई वा तीन हप्तामा इसीएमओबाट पनि बाच्न सक्छन।’ उक्त सर्जरी चीनमा छ वटा सर्जरी पछि नवौं स्थानमा थियो र संयुक्त राज्य अमेरिका र अष्ट्रेलियामा एक-एक रहेको अस्पतालले जनाएको छ।

रोग नियन्त्रण र रोकथामका लागि कोरिया केन्द्रहरुका अनुसार दक्षिण कोरियामा फोक्सो प्रत्यारोपण अन्य प्रत्यारोपणभन्दा कम हुने गर्छ। जहाँ २०१८ मा ९२ वटा फोक्सो प्रत्यारोपण भयो। त्यस्तै, २ हजार १ सय ८ मृगौला, १ सय ७६ वटा मुटु प्रत्यारोपण भएको छ।

फेब्रुअरीदेखि ती बिरामीको हेरचाह गरिरहेकी इसीएमओ कार्यक्रमका हेड नर्स ली सन-हेले भनिन्, ‘उनमा बाँच्ने इच्छाशक्ति अरुमा भन्दा निकै बलियो देखिन्छ।’

उनको छातीका मांशपेशी बलियो भएर श्वास फेर्न सजिलो भएपछि उनलाई डिस्चार्ज गर्ने डाक्टरको तयारी छ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ