२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भाइरस हावामा पनि तैरिन सक्ने भन्दै डब्लूएचओलाई विज्ञको खुला पत्र

कोरोना भाइरस हावामा पनि तैरिन सक्ने भन्दै डब्लूएचओलाई विज्ञको खुला पत्र


कोभिड-१९ हावामा पनि तैरिन सक्छ भन्दै विज्ञ समूहले विश्व स्वास्थ्य संगठनलाई एक खुल्ला पत्र लेखेका छन् । कोरोना भाइरस हावामा पनि तैरिने र सम्भवतः यसरी नै यो विश्वभर प्रसारित हुँदैछ भन्ने तथ्य सर्व-साधारणमा समेत पु¥याउन अनुरोध गर्दै उनीहरुले सो खुल्ला पत्र जाहेर गरेको हो ।

हावामा कसरी भाइरस रहन्छ ? भन्ने कुराको जानकारी आम सर्व-साधारणसम्म पुगेमा यसले अझ उग्र रुप लिनबाट जोगिन्छ भन्ने उद्देश्यका साथ सो पत्र जाहेर गरिएको विज्ञ समूहले जनाएका छन् । यस विषयमा बोल्दै ‘युनिभर्सिटि अफ मेरिल्याण्ड’का वातावरणीय स्वास्थ्य प्रोफेसर डोनाल्ड मिल्टन यो कुनै गुप्त विषय नभएको बताउँछन् ।

भाइरस कसरी हावामा फैलिन्छ ? भन्ने विषयमा अध्ययन गरिरहेका विज्ञ भन्छन्, ‘यो तथ्य सर्वसाधारणलाई बताउन डराउन पर्ने कुनै कारण नै छैन ।’ पत्रका दुई लेखकमध्ये प्रमुख समेत रहेका मिल्टनले ‘हावामा प्रसारित’ शब्दलाई पुनः जोड दिदै आइतबार सीएनएनलाई भने; ‘डब्लूएचओले चाहे यस विषयलाई अर्काे उपनाम दिएता पनि यो, यस निस्कर्षको अघि आउदै भाइरस प्रसारणमा वायुको भुमिका महत्वपुर्ण रहन्छ भन्ने तथ्य स्वीकार गर्न इच्छुक रहन्छ भन्ने आशा हामीले गरेका छौ ।’

मिल्टन एक कुशल लेखक पनि हुन् । अन्य विज्ञहरुको समूहमा संलग्न रहि उनले गत फेबु्रअरीदेखि नै कोरोना भाइरसको सम्भावित वायु वाहक प्रसारणको विषयमा अध्ययन गर्दै आएका छन् । विश्वका २ सय ३९ वैज्ञानिकहरुको हस्तान्तरण गरी पारित गरिएको सो पत्र डब्लूएचओसँगै सीडिसीजस्ता अन्य स्वास्थ्य एजेन्सीहरुमा समेत पठाइएको समाचार सोमबार प्रकाशित ‘क्लिनिकल इन्फेक्सियस डिजिज जर्नल’ मा उल्लेख गरिएको छ ।
-एजेन्सी ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ