२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्व कोरोना अपडेट : ८५ लाख भन्दा बढीमा कोरोना संक्रमण

विश्व कोरोना अपडेट : ८५ लाख भन्दा बढीमा कोरोना संक्रमण


विश्वमा कोरोनाबाट हालसम्म ४ लाख ५६ हजार २ सय ८४ मानिसको मृत्यु भैसकेको छ। संक्रमितको तथ्याङ्क मात्रै ८५ लाख ७७ हजार १ सय ९६ जना पुगेको छ। जसमध्ये ४५ लाख ३० हजार २ सय ६१ निको भएका छन्।

चीनबाट सुरु भएको संक्रमण विश्वभर तीव्ररुपले फैलिदै गएको छ। सबैभन्दा बढी अमेरिका यसको मारमा परेको छ। जहाँ २२ लाख ६३ हजार ६ सय ५१ जना संक्रमित छन्। भने मृत्यु हुनेको संख्या १ लाख २० हजार भन्दा बढी छ।

अमेरिका पछि ब्राजिलमा सबैभन्दा बढी संक्रमणको केस देखिएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ हजार २ सय ३८ जनाले ज्यान गुमाएका छन्। यहाँ संक्रमितको संख्या ९ लाख ८३ हजार ३ सय ५९ पुगेको छ। त्यस्तै, संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार बढी छ।

यता छिमेकी राष्ट्र भारतको कुरा गर्ने हो भने विश्वकै १० कोरोना प्रभावित देशहरुको सुचीको ४ नम्बरमा भारत परेको छ। भारतमा ३ लाख ८१ हजार ९१ जनामा संक्रमण देखिएको छ। जहाँ १२ हजार भन्दा बढीले ज्यान गुमाएका छन्।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ