काठमाडौँ – विश्वभर गरेर संक्रमितको संख्या ६४ लाख ७९ हजार ८ सय ३६ पुगेको छ। जसमध्ये ३० लाख ९ हजार २ सय ५९ मानिस कोरोनामुक्त भएका छन्। त्यस्तै, पछिल्लो विवरणअनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ८२ हजार २ सय २७ रहेको छ।
कोरोनाबाट सबैभन्दा प्रभावित बनेको राष्ट्र हो, अमेरिका जहाँ १८ लाख ८१ हजार २ सय ५ जनामा कोरोना संक्रमण पाइएको छ। मृतकको संख्या १ लाख ८ हजार ५९ पुगेको छ। दोस्रो नम्बरमा सबैभन्दा बढी संक्रमित देखिएको देश ब्राजिल भए पनि मृत्युको संख्या अमेरिका पछि बेलायतमा बढी छ। बेलायतमा ३९ हजारभन्दा बढीले ज्यान गुमाए। त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या ५ लाख ५८ हजार २ सय ३७ रहेको छ जहाँ मृत्यु हुने संख्या ३१ हजार ३ सय ९ रहेको छ।
विश्वभर गरेर सबैभन्दा कोरोनाको चेपेटामा परेका १० देशमा पहिलो अमेरिका, दोस्रो ब्राजिल, तेश्रो रुस, चौथो स्पेन, पाँचौ बेलायत, छैठौ इटाली, सातौँ भारत, आठौँ फ्रान्स, नवौं जर्मनी र अन्तिम १० नम्बरमा पेरु रहेका छन्। अन्य देशको तुलनामा कोरोनाको मारमा छन् यी १० राष्ट्र।
देश संक्रमितको संख्या मृत्यु ठीक हुने संख्या
१. अमेरिका १८, ८१, २०५ १,०८०५९ ६, ४५,९७४
२. ब्राजील ५, ५८, २७३ ३१, ३०९ २, ४०,६२७
३. रूस ४, २३, ७४१ ५, ०३७ १, ८६, ९८५
४. स्पेन २, ८७, ०१२ २७, १२७ उपलब्ध छैन
५. ब्रिटेन २, ७७, ९८५ ३९, ३६९ उपलब्ध छैन
६. इटाली २,३३, ५१५ ३३, ५३० १, ६०, ९९२
७. भारत २, ०७,१९१ ५, ८२९ १,०० २८५
८. फ्रान्स १, ८९, २२० २८,९४० ६८, ८१२
९. जर्मनी १, ८४, ०९१ ८, ६७४ १, ६६, ४००
१०. पेरू १, ७४, ८८४ ४, ७६७ ६९,२५७
-एजेन्सीहरुको सहयोगमा