चीनको वुहान शहरका अस्पतालमा कुनै पनि कोभिड-१९ संक्रमित छैनन्। वुहानबाटै सुरु भएको कोरोना संक्रमण विश्वभर फैलिएको छ ।
सिन्हुवाको अनुसार आइतबार अस्पतालमा एक पनि कोरोना संक्रमित छैनन् चीनमा कोभिड संक्रमितको संख्या घट्दै गएपछि ७६ दिन पछि हुवेइ प्रान्तको राजधानी वुहानमा ८ अप्रिलको दिन लकडाउन हटाईएको थियो ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेंगले भने, ‘स्वास्थ्यकर्मीको कडा मेहेनत र मद्दतबाट सम्भव भयो जसलाईसारा देशबाट भाइरस विरुद्ध लड्न पठाइएको थियो ।
उनले थपे, ‘अन्तिम कोरोना विरामीलाई शुक्रबार डिस्चार्ज गरियो त्यसपछि कोरोना विरामीको संख्या शून्य हुन् पुग्यो ।’
-एजेन्सी