२०८१ पुस २२, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोनाको उपचारमा ‘कीटाणुनाशक खोप’ प्रयोग गर्ने सुझावले ट्रम्पको चर्को आलोचना

कोरोनाको उपचारमा ‘कीटाणुनाशक खोप’ प्रयोग गर्ने सुझावले ट्रम्पको चर्को आलोचना


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘कीटाणुनाशक खोप’द्वारा कोभिड-१९को उपचार गर्न दिएको सुझाव चिकित्सकले खारेज गरेका छन्। उक्त सुझाव गलत रहेको भन्दै एक चिकित्सकले पत्रकार सम्मेलनको क्रममा खारेज गरेका छन्।

यसको साथै अमेरिकी राष्ट्रपति ट्रम्पले (अल्ट्राभोइलेट लाइट) यूभी प्रकाशद्वारा संक्रमितको शरीरमा विकिरण पठाउन समेत प्रस्ताव राखेका थिए । बीबीसीको अनुसार चिकित्सा समूहले अमेरिकी राष्ट्रपति ट्रम्पको सुझाव भयानक र हाँस्यपद रहेको भन्दै आलोचना गरेका छन्। कीटाणुनाशकहरू खतरनाक पदार्थहरू रहेको र बाह्य जोखिमको साथै छाला, आँखा र श्वाश प्रणालीका लागि खतरनाक हुन सक्ने अनुसन्धानकर्ताको भनाई छ ।

विहिबार अमेरिकी राष्ट्रपति ट्रम्पको ब्रिफिंग अघि ह्वाइट हाउसका एक अधिकारीले सुर्यको किरण र रोगाणुनाशबाट संक्रमण रोक्न सक्ने जनाएका थिए ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ