-पार्वती सापकोटा
क्रान्ति परिवर्तनको बाहक हो, परिवर्तनले विकास निम्त्याउँछ भन्ने आमधारणा हो न कि क्रान्ति युद्धमा होमिनका निम्ति । प्रायः युद्धले भय र त्रास उत्पन्न गराएर मानवीय जीवनलाई संकटमा पार्ने कार्य गर्दछ । युद्धरत पक्षहरू आफ्ना मागलाई सम्बोधन हुने अवस्था नआइन्जेलसम्म युद्धविराम गर्ने कुनै तत्परता जनाउँदैनन् । तर, हालको स्थितिमा विगत ५ वर्षको अन्तरालमा गत बिहिबार (९ अप्रिल २०२०) गतेका दिन स्वतःस्फूर्त रूपमा एसियाली मुलुक यमनमा कोरोनाको भयका कारण अस्थायी युद्धविराम भएको छ । यसैका सिलसिलामा संयुक्त राष्ट्र संघ (युएन)ले युद्धग्रस्त अन्य देशलाई पनि युद्धविरामका लागि आग्रह गरेको छ ।
कोरोना अर्थात कोभिड–१९ नामाकरण गरिएको भाइरस चीनको ब्यस्त सहर वुहानमा गत सन २०१९ डिसेम्बरको अन्त्यतिर मानिसमा संक्रमण देखिएको थियो । कोरोनाकै कारणले विकसित मुलुकहरु चीन, अमेरिका, अस्ट्रेलिया, युरोपियन मुलुकहरु समेतको दैनिक जीवन अस्तब्यस्त भएर विकराल स्थिति उत्पन्न हुँदैं गएको छ । मानिसहरु रोगलाई नियन्त्रणमा लिन नसकेका कारण १ लाख बढीको ज्यान गएको छ । अहिलेको अवस्था हेर्दा पद, शक्ति र पैसाले मात्र विश्वका सबै शक्तिमाथि विजय पाइन्छ भन्ने भ्रम गलत सावित हुँदै गएको छ । कोरोनाले गर्दा युद्धग्रस्त मुलुकले समेत जनताको स्वास्थ्यलाई प्राथमिकता दिदै युद्धविराम गरेका छन् । यस अर्थमा रोगले पनि केहि सकारात्मकता जनाएको देखिन्छ अर्थात रोग आफैमा राम्रो पक्कै होइन तर कुनै परिस्थितिमा रोगको भयका कारण देशले गरेका कैयन प्रयासका बावजुद पनि युद्धबिराम सफल नहुनु तर भाइरसका कारण शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष मानिएको युद्धविराम हुनु सकारात्मक पक्ष बन्न पुगेको छ ।
यमन मुस्लिम जातिको बढी बाहुल्यता भएको देश हो । यो गणतान्त्रिक देश भएतापनि देशको शासनसत्ता लामो समयदेखि (सन् २०१० पछिको अरब क्रान्ति) का कारण एउटै राष्ट्रपतिमा शक्ति केन्द्रित रहेकाले देशमा खाद्यान्न असुरक्षा, वेरोजगारी, र भ्रष्टचार मौलाउँदै गएको हुनाले ‘Houti Movement’ (अन्सर अल्लाह) को अगुवाईमा यमनी ‘zaidi shia muslim minority’ समूहले Ali Abdullah Salen क्बभिल विरूद्ध विद्रोह सुरु गरे । सन् २०१५ को सुरूवातसँगै राजधानी सानामै विद्रोही उत्रिन थाले, जसको फलस्वरुप १२ हजार सर्वसाधारण मानिसको मृत्यु भयो भने ३६ लाख ५० हजार मानिस घरबारविहिन भए । सन् २०१४ देखि देशको जनसंख्याको गरिबीको प्रतिशत ४७ प्रतिशतबाट वृद्धि भएर सन् २०१९को अन्त्यसम्ममा ७५ प्रतिशत नाघेको कुरा अलजजिराले संयुक्त राष्ट्रसंघको तथ्यांकलाई आधार मानेर रिपोर्ट प्रकाशित गरेको थियो । यसको क्रम सन् २०२२ सम्म बढ्दै गएमा गरिबीको जनसख्या ७५ प्रतिशतबाट वृद्धि भएर ७९ प्रतिशतमा पुग्ने अनुमान लगाइएको छ । तर, हालको कोभिड–१९ ले सिर्जना गरेको विषम परिस्थितिले ल्याएको अस्थायी युद्धविरामलाई मध्यनजर गर्दा देशले अर्वौ खर्च गर्दा सफल हुन नसकेको युद्धविराम हालको परिस्थितिबाट सम्भव भएको छ । यस अस्थायी युद्धविराम लम्बिएमा युद्धका कारण ज्यान जानेको संख्यामा उल्लेख्य रूपमा कमी आएर देशको शान्तिप्रक्रियामा टेवा पुग्ने देखिन्छ ।
यसलाई अवसरका रुपमा लिने र दुवै युद्धरत पक्षहरुलाई पारस्परिक रुपमा मिल्ने एउटा विन्दु प्राप्त भएको छ । त्यसैले प्राकृतिक विपत्ति वा कहिलेकाहीं राजनैतिक संकटले पनि अवसर सिर्जना गर्छ र यो अवसरलाई दुई तरिकाले हेर्न सकिन्छ ।
१. शान्ति फैलाउने तरिकाले
२. महामारी विरुद्ध लड्ने क्षमताको विवरण ल्याउने तरिकाले ।
तर पनि यो भन्दै गर्दा युद्धकालमा भएका जति पनि मानव अधिकार उल्लंघनका घटना छन्, तिनीहरुलाई चाहिँँ सम्बोधन गर्न भने चुक्नु हुँदैन ।
(सापकोटा त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति र विकास अध्ययनमा स्नातकोत्तर अध्ययनरत छिन् ।)
सन्दर्भ सामाग्री :
https://www.nayapatrikadaily.com/news-details/40903/2020-04-10
https://www.nayapatrikadaily.com/news-details/40894/2020-04-10
https://jhannaya.nayapatrikadaily.com/news-details/929/2020-04-04
https://www.wikihow.com/Write-a-News-Article
https://news.un.org/en/story/2020/03/1059972
https://www.rcinet.ca/en/2020/04/10/canada-backs-uns-call-for-global-ceasefire-amid-covid-19-pandemic/
https://www.nytimes.com/2020/03/16/world/middleeast/syria-ceasefire.html
https://www.crisisgroup.org/global/10-conflicts-watch-2020
https://www.reuters.com/article/us-yemen-security-saudi/saudi-led-coalition-to-announce-yemen-ceasefire-at-midnight-sources-idUSKCN21Q2WR
https://www.bbc.com/news/world-middle-east-29319423
https://www.hrw.org/world-report/2019/country-chapters/yemen