२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्य४ लाखभन्दा बढी संक्रमित स्वस्थ भएर फर्किए घर, कोरोनाको चपेटामा अमेरिका

४ लाखभन्दा बढी संक्रमित स्वस्थ भएर फर्किए घर, कोरोनाको चपेटामा अमेरिका


कोरोना भाइरसबाट अहिलेसम्म एक लाख ९ हजार ६ सय ६५ मानिसको मृत्यु भइसकेको छ। ४ लाख ९५ हजार ४० संक्रमित स्वस्थ भएर घर फर्किएका छन। २ सय १० देशमा गरेर १७ लाख ९० हजार ६५ मानिस संक्रमित छन्। शनिबार राती देखि अमेरिकामा संक्रमितको संख्या झनै बढेको छ। हालसम्म अमेरिकामा २० हजार ६९ मानिसको मृत्यु भइसकेको छ।

इटालीमा १९ हजार ४ सय ६८ संक्रमितको मृत्यु भएको छ भने १ लाख सय ७१ संक्रमित रहेको तथ्यांक जनाएको छ। स्पनेमा २३ मार्च पछि शुक्रबार ५ सय १० जनाको ज्यान गएको छ। यस अबस्था पछि विश्व स्वास्थ्य संगठनले लकडाउन खोल्न कुनै पनि देशलाई हत्तार नगर्न आग्रह गरेको छ। पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी कोरोना प्रभावित देश अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, चीन, व्रिटेन, इरान, टर्की र बेल्जियम हुन्।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि विश्व नै त्रसित छ। तर उपचार पछि कयौं ठिकठाक भएर घर पनि फर्किएका छन्। विश्वव्यापी रुपमा महामारी फैलिएसंगै यसको रोकथाम र थप फैलिन नदिन कयौं देशमा लकडाउन गरिएको छ भने शंका लागेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ भने संक्रमितको लागि आइसोलेसनको व्यवस्था गरी उपचार भइरहेको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ