२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यमास्कमा कति समय रहन्छ कोरोना भाइरस ? जान्नुहोस

मास्कमा कति समय रहन्छ कोरोना भाइरस ? जान्नुहोस


‘कोभिड १९’ को माहामारी फैलिएसँगै विभिन्न विज्ञहरु यो भाइरस कुनै पनि वस्तुको सतहमा कति अवधिसम्म रहन सक्छन् ? भन्ने विषयमा आफ्ना अध्ययन गर्दैछन् । विज्ञहरुले अध्ययनबाट स्टिलका बोर्ड तथा सामाग्रीमा भाइरस लामो समयसम्म जिवित रहने निष्कर्ष निकालेका छन् ।

यसैगरी केहि विज्ञहरु भने प्रयोग गरिएका फेस–मास्कको बाहिरी सतहमा भाइरस कति अवधिसम्म रहन्छन् भन्ने विषयमा अध्ययन गरेका छन् । उक्त अध्ययनबाट मास्कको सतहमा पनि भाइरस रहने भएकाले यसको प्रयोगले मात्रै श्वासप्रश्वास समस्या देखा परेका बिरामीलाई भाइस संक्रमणबाट बचाउन मद्दत गर्दैन ।

यस अर्थमा भन्नुपर्दा सुरक्षित रहनका लागि प्रयोग गरिएको मास्कमा हामीले खोक्दा वा हाँछ्यु गर्दा त्यहाँ रहेका ड्रपलेस(छिट्टा) हरुले पनि संक्रमण सार्न मद्दत गर्दछ । पछिल्लो पटक ल्यासेन्टले गरेको एक अध्ययनले कपडा तथा प्राइम मटरियल्सबाट बनेका फेसमास्कमा ७ दिनसम्म भाइरस रहन्छ भन्ने कुराको पुष्टि गरेको छ ।  “वास्तवमै यो आश्चर्यको कुरा पनि हो, संक्रामक भाइरस सर्जिकल मास्कको बाहिरी लेयरमा ७ दिनसम्म रहन्छन्; अध्ययनमा संलग्न एक अनुसन्धानकर्ताले बताए ।

सुरक्षित रहनका निम्ति मास्क प्रयोग गर्न विभिन्न विज्ञहरुले सुझाव दिंदै आएका छन् । यसैका कारण श्वास फेर्न प्रभावकारी रहने सर्जिकल तथा एन नाइन्टी फाइभको अभाव समेत बजारमा देखियो । जसकारण कतिपय व्यक्तिहरुले आफ्ना पुराना कपडा, टिसर्ट तथा रुमालजस्ता सामाग्रीलाइ मास्कको रुपमा समेत प्रयोग गर्ने गरेको समेत पाइयो । यसर्थ लगाउन प्रयोग गरिएको कुनै पनि वस्तु तथा कपडामा भाइरस रहने सम्भावना उत्तिकै रहन्छ ।

केहि विज्ञहरु यसरी प्रयोग गरिएका मास्कलाई प्रयोगपछि तुरुन्त डिसपोज(अन्त्य गर्ने वा सुरक्षित स्थानमा फाल्ने) गर्नुपर्ने गर्ने वा तुरुन्त त्यसलाई साबुन पानीले आवश्यक मापदण्ड अनुसार, त्यसलाई सफा गर्नुपर्ने विषयलाई साझा एवम् सामान्य ज्ञानको रुपमा लिन्छन् । यसका साथै हामीले मास्क लगाइरहको अवस्थामा समेत बारम्बार मास्कमा छोइरहन हुदैन । यसो गर्नाले मास्कको सतहमा भएको भाइरस मुखमा पर्न सक्ने डर हुनुका साथै हातमा समेत रहने सम्भावना उत्तिकै रहन्छ । यद्यपि मास्कमा हात लगाएको खण्डमा आफ्नो हात तुरुन्त साबुन पानीले राम्ररी धुनुपर्दछ ।

अनुसन्धानकर्ता मलिक पेइरिसले साउथ चाइना मर्निङ्ग पोस्टमा पनि बारम्बार आफ्नो हात लगाएको मास्कको बाहिरी सतहमा नलान आग्रह गरेका छन् । उक्त पोस्टमा बोल्दै उनले भनेका छन्, “हामीले मास्क लगाएको समयमा आफ्नो हात मास्कसम्म लग्नु हुदैन । किनकी यसरी मास्कको बाहिरी सतहमा छोएको हातले आँखामा छुन्छ भने उक्त भाइरस आँखामा समेत सर्दछ ।”

हामीले घरमा रहदा पनि भाइरसबाट जोगिनको निम्ति सतहहरु सफा गरिरहनु पर्दछ । यसका लागि हामीले विशेष रुपमा ढोकाका चुकुल, चाबी, भान्सा तथा फोनहरुलाइृ किटाणु रहित बनाइ रहनु पर्दछ । यसका साथै भाइरसबाट जोगिनको निम्ति अनुसन्धानकर्ता लियो पुन लिट–मनले घरमा बसिरहदा पनि बाहिरबाट भाइरस घरभित्र आउने हुदा किनमेल गरी ल्याइएका र किटाणु तुरुन्तै नजाने सामाग्रीलाई राम्ररी सफा गरेर मात्रै प्रयोग गर्नुपर्छ ।

“आफू भाइरसबाट जोगिनको निम्ति हाइजिङयुक्त खाना खाने, हात पटक–पटक धोइरहने र सकेसम्म हात मुख, नाक, तथा अनुहारकोमा भाग वरपर लैजानु हुदैन । तर, लैजानु पर्ने अवस्थामा भने हात राम्ररी साबुन पानीले राम्ररी सफा गरेर मात्रै लैजानुपर्छ; पुनले भने ।

– एजेन्सीको सहयोगमा ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ