२०८१ मंसीर २, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यके किराना सामाग्रीबाट पनि सर्छ कोरोना भाइरस?

के किराना सामाग्रीबाट पनि सर्छ कोरोना भाइरस?


वर्तमान परिस्थितिमा नोवेल कोरोना भाइरस संक्रमण विश्वमा नै अनियन्त्रित आगजनी सरह फैलदैछ । विशेषगरीे सबैले शक्तिशाली मानिएको राष्ट्र अमेरिकामा समेत यसले प्रभाव पार्दै संक्रमित हुने तथा मृत्यु हुनेको संख्या नगन्य बनाए पछि भने कोभिडबाट सम्पूर्ण विश्व नै  त्रसित छ । यससँगै यस महामारीले प्राकृतिक विपत्ति माथि कुनै पनि विज्ञान तथा प्रविधिले विजय हासिल गर्न नसक्ने कुरा पुष्टि गरेकोे छ ।

यसरी विश्वव्यापी रुपमा त्रसित बनाएको ‘कोभिड १९’ ले विभिन्न विज्ञहरुमा मात्रै नभई आम सर्वसाधारणमा पनि यो के–कस्ता माध्यमबाट व्यक्तिमा सर्छ भन्ने जिज्ञासा पनि उत्पन्न भएको छ । के किराना सामाग्री(ग्रोसरी)बाट पनि यो व्यक्तिमा सर्छ त? यो अहिलेको जल्दो-बल्दो प्रश्नको रुपमा खडा भएको छ ।

दैनिक रुपमा नयाँ संक्रमित देखा परिरहेको अवस्थामा व्यक्तिहरु एक आपसबाट संक्रमित हुने भयमा एक अर्काको सम्पर्कमा आउन समेत डराएका छन् । त्रासका कारण व्यक्तिहरु उच्च सावधानी तथा सर्तकताको बाबजुद पनि कपडा, खाना र किरानाका सामाग्रीबाट पनि सर्छ कि भन्ने अन्योलमा छन् ।

यसैबीच यससम्बन्धि वासिङ्गटन डिसी(डिओएच) ले एक विज्ञप्ति जारी गर्दै खाद्यान्न र किरानाको सामानबाट कोभिड१९ संक्रमण नसर्ने  धारणा व्यक्त गरेका छन् । व्यक्तिले आफ्नो हात सफा गरेर(साबुन पानीले धोएर अथवा अल्कोहोलयुक्त सेनिटाइजरको प्रयोग गरेर) कुनै पनि सामान सुरक्षित रुपमा खरीद गरेको खण्डमा ती सामाग्रीहरु घरभित्र ल्याउनु अघि त्यसलाई प्रशोधित गर्नुपर्ने आवश्यकता रहदैन भन्ने कुरा व्यक्त गरेको हो ।

उक्त विज्ञप्तिमा डिओएचले “हामीसंग कोभिड१९ खाद्यान्न मार्फत फैलिएको भनेर सुझाव दिन कुनै प्रमाण छैन भन्दै कुनै पनि किराना पसलबाट घर फर्किसकेपछि आफ्ना हातहरु राम्ररी धुन र खाना खाने समयमा घर सफा राख्ने रसायनहरु नराख्न” समेत सुझाव दिएका छन् ।

वैज्ञानिक तथ्यको आधारमा भन्नुपर्दा, स्वास्थ्य एजेन्सी तथा विज्ञहरुले हालसम्म कोरोना भाइरस केवल हावाको माध्यमबाट एकबाट अर्काे व्यक्तिमा फैलिने कुराको पुष्टि गरेका छन् । हावाको सानो थोपाबाट मात्रै पनि सतहको माध्यमद्धारा एक आपसमा संक्रमण प्रशारण गर्न सक्ने क्षमता भएता पनि यो रोग सार्ने मुख्य मोड भने होइन ।

यसैसँगै (डिओएचले) कोभिडको महामारीको समयमा बारम्बार हात धुन र अनुहारमा नछुन समेत आग्रह गरेका छन् । यसबाहेक विभिन्न सम्बन्धित स्वास्थ्य संस्थाहरुले प्रत्येक व्यक्तिलाई सकेसम्म बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्थामा कम्तिमा पनि सातामा एक पटक मात्रै निस्किन र त्यस्तो समयमा पनि सामाजिक दूरीको अभ्यास जारी राख्न समेत आग्रह गरेको छ ।

यस्तै रुघर युनिभर्सिटि तथा डिपार्टमेन्ट अफ फुड साइन्सका प्रोफेसर डोनाल्ड ब्रुन्स्विकले समेत बाहिरबाट खरीद गरिएका यस्ता किराना सामाग्रीबाट व्यक्तिमा भाइरस संक्रमण नसर्ने हुदा त्यस्ता कुरामा क्रसित नहुन सुझाव दिएका छन् ।

– एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ