२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्य४५ मिनेटमै कोभिड १९ पत्ता लगाउने ‘टेस्ट’ परिक्षण गर्न ‘एफडिए’को अनुमति

४५ मिनेटमै कोभिड १९ पत्ता लगाउने ‘टेस्ट’ परिक्षण गर्न ‘एफडिए’को अनुमति


अमेरिकी औषधि तथा खाद्य प्रशासन (FDA) ले ४५ मिनेट मै कोभिड १९ सक्रमण पत्ता लगाउन सकिने नयाँ ‘कोरोना टेस्ट’ परिक्षणको लागि अनुमति दिएको छ। अर्को हप्ताबाट सुरु हुने सो परिक्षण विधि निर्माण गर्ने क्यालिफोर्नियास्थित सेफिड कम्पनिले जनाएको छ।

शुक्रबारबाट मान्यता पाएको उक्त परिक्षण सफल भएको खण्डमा अब कोरोना परिक्षणको लागि १४ दिनसम्म कुर्न नपर्ने भएको छ।

“यस समयमा अस्पताल सेवाहरूको बढ्दो माग छ, स्वास्थ्यकर्मीहरुलेतुरुन्तै स्वास्थ्य-हेरचाह सुविधामा भर्नाका लागि मूल्यांकन गरिएको बिरामीहरूको जाँचको लागि यस परीक्षण आवश्यक छ,” पीएचडीका एमडी डा. डेभिड पर्सिले भने। उनी उक्त सेफिड कम्पनीका मुख्य चिकित्सा तथा प्रविधि अधिकारी हुन्।

“यस नयाँ परिक्षणले कोरोना भाइरसको प्रकोपका कारण स्वास्थ्य सेवामा परेको दबाब कम गर्न मद्दत पुर्‍याउँछ, जसले उनीहरूमा भएको रोग उचित ढंगले छुट्याउन आवश्यक छ,” पर्सिले थपे ।

  • सिएनएन

क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ