२०८१ पुस १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना (कोभिड—१९) को १५६ देशमा संक्रमण , ७ हजार ४ सय २६ जनाको मृत्यु

कोरोना (कोभिड—१९) को १५६ देशमा संक्रमण , ७ हजार ४ सय २६ जनाको मृत्यु


वासिंगटन—संसारभर कोरोना भाइरस (कोभिड—१९) बाट संक्रमित हुनेको संख्या बुधबार विहानसम्म १ लाख ७९ हजार १ सय १२ पुगेको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार कोरोना भाइरसको संक्रमण १ सय ५६ देशमा पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको १७ मार्चको तथ्यांकअनुसार अहिलेसम्म कोभिड—१९ बाट मृत्यु हुनेको संख्या ७ हजार ४ सय २६ जना पुगेको छ । अहिलेसम्म ८१ ह्जार ७ सय ४३ जना संक्रमित स्वस्थ भएका छन् ।

पछिल्ला २४ घण्टामा ८ वटा नयाँ देशमा कोरोनाका संक्रमण देखिएको छ । अहिलेसम्म कोरोनाबाट सबैभन्दा बढी चीनमा ३ हजार २ सय ३१ जनाको मृत्यु भएको छ । यस्तै, इटलीमा २ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । इरानमा ८ सय ५३ जना, स्पेशनमा ३ सय ९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ । यस्तै, फ्रान्समा १ सय ४८, दक्षिण कोरियामा ८१ जना र अमेरिकामा ५८ जनाको मृत्यु भएको छ ।

कोभिड—१९ को प्रभाव विश्वको अर्थतन्त्रमा पनि देखिन थालेको छ । अमेरिकाका वित्तमन्त्री स्टीभन नुचिनकाअनुसार अमेरिकामा बेरोजगारीको दर २० प्रतिशत पुगेको बताएका छन् । अमेरिकाका ५० राज्यमा कोरोना संक्रमण देखिएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ