२०८१ पुस ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकामा ४३ वर्षीया महिलामाथि कोभिड—१९ विरुद्धको खोपको पहिलो परिक्षण

अमेरिकामा ४३ वर्षीया महिलामाथि कोभिड—१९ विरुद्धको खोपको पहिलो परिक्षण


कोरोना भाइरस विरुद्धको खोपको पहिलोपटक परिक्षण भएको छ। अमेरिकी सरकारका एक अधिकारी अनुसार कोभिड संक्रमणबाट बच्नको लागि बनाइएको खोपको परिक्षण प्रक्रिया सोमबारबाट सुरु भएको हो।

अमेरिकाको सियाटल निवासी जेनिफर हलरमाथि पहिलो परीक्षण भएको छ। ४३ वर्षीया उक्त महिलाले आफुलाई अनौठो अनुभव भएको जनाएकी छिन। सो खोपले शरीरमा कुनै नकारात्मक असर नपुर्याउने विज्ञहरुको दावी छ।

यद्दपि परिक्षणको बारेमा कुनै सार्वजनिक घोषणा भने गरिएको छैन। उक्त खोपको नाम ‘एमआरएनए-१२७३’ दिइएको छ। नेशनल इन्सिच्युट अफ एलर्जी एण्ड संक्रमकरोग (एनआईएआईडी) वैज्ञानिकहरू र उनीहरूका सहयोगीहरूले जैव-टेक्नोलोजी कम्पनी मोर्डर्ना इंकमा म्यासाचुसेट्सस्थित क्याम्ब्रिजमा विकसित गरेका हुन्।

‘कोभिड १९को संक्रमण हुनबाट जोगाउन सुरक्षित र प्रभावकारी खोप खोज्ने कार्य जनस्वास्थ्यको जरुरी प्राथमिकता हो, ‘एनआईएआईडी निर्देशक एन्थोनी एस फौसीले भने, ‘यी तिव्र गतिमा अध्ययन गरिएको सरुको चरणको १ ट्रायल हो जुन लक्ष्य हासिल गर्ने पहिलो पाइला हो।”

महामारीले उग्ररुप लिएपछि विश्वभरका वैज्ञानिकहरु निरन्तर कोरोना विरुद्धको खोपको अनुसन्धानमा जुटेका थिए। अनुसन्धान र निरन्तर अभ्यासबाट पत्ता लागेको यस नयाँ खोपले काम गर्छ वा गर्दैन भन्ने निष्कर्ष निकाल्न १ वर्ष देखि १८ महिनासम्म लाग्ने बताइएको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ