२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यआमाको गर्भमा रहँदा यस्तो हुन्छ भ्रुणको गतिविधि

आमाको गर्भमा रहँदा यस्तो हुन्छ भ्रुणको गतिविधि


कुनै पनि महिलाको निम्ति आफू आमा बन्न लागेको जस्तो खुशीको खबर अरु के होला र? प्रत्येक महिलाले आफ्नो जीवन सन्तान प्राप्ति पछि मात्रै पुर्ण ठान्छिन् । त्यसैले त जो कोही विवाहित महिला आफ्नो विवाहपश्चात् एक नयाँ जीवन दिनको निम्ति आतुर देखिन्छिन् । एक जीवनभित्र अर्को जीवनको विकास भइरहनु वास्तवमै यो आफैमा अद्भुतमय र खुशीको पल हो ।

अधिकांश महिलाहरु यस समयको प्रत्येक पललाई यादगार र अविस्मरणीय क्षणको रुपमा लिन्छन् । तर, गर्भमा रहदा आखिर शिशु चाँहि के गर्छन् तरु कस्तो हुन्छ उनीहरुको गर्भको जीवन रु आउनुहोस् आज यसबारे रहेको केही रोचक तथ्यहरुको बारेमा जानौ।

आधुनिकीकरणको उपलब्धीसँगै अल्ट्रासाउण्डको माध्यमबाट चिकित्सकहरुले गर्भमा भ्रुण के गरिरहेको छ प्रष्ट हेर्न र देख्न सक्छन् । गर्भमा रहँदा शिशुको भ्रुणको निम्ति गर्भ खेल मैदान सरह रहने तर्क चिकित्सकहरुको भनाई रहेको छ । उनीहरु प्रायजसोः समय सुतेर नै बिताउने विज्ञहरु बताउँछन् ।

गर्भमा भ्रुण सुतेको समय बाहेक उनीहरु एकै ठाउँमा स्थिर रहिरहन सक्दैनन् । अझ ३७ हप्ताको भ्रुण पुर्ण रुपमा विकसित भइसक्ने हुनाले उनीहरु यिनीहरु एकै ठाउँमा रहिरहन नसकि यताउता चल्ने क्रममा गर्भवती महिलालाई लात्तीले हानेको महशुस हुन्छ । यसैगरि भ्रुणले बाहिरबाट हामीले बोलेको बोलीप्रति पनि प्रतिक्रिया जनाउने हुदा चल्ने गर्छन् । गर्भमा रहदा भ्रुणको शारीरिक तथा मानसिक पक्ष आफ्नो आमासंग जोडिने हुदा उनीहरुले आमाकै माध्यमबाट प्रत्येक कुराहरु सुनिरहेका हुन्छन् । जसकारण उनीहरुले आफ्नो परिवारको प्रत्येक आवाज सजिलै चिन्न सक्छन् भने बोल्ने तरीका पनि उनीहरुको जस्तै हुन जान्छ । बाहिरी आवाज गीतसंगीतहरुले पनि उनीहरुमा प्रभाव पार्छ।

यस्तै गर्भमा रहदा नै कुनै पनि शिशुको शारीरिक विकाससंगै बौद्धिक विकास पनि हुन्छ । उनीहरुले गर्भमा रहदा नै अनुहारको भाव बदल्ने लगायत ४ ज्ञानेन्द्रियहरुको प्रयोग गर्न पनि सिक्छन् । पछिल्लोपटक गरिएको एक अध्ययनका अनुसार, सामान्य जन्मिसकेको शिशुले झैं गर्भमै पनि भ्रुणले पिसाब गर्ने गर्छन् भने जुम्ल्याहा छ भने उनीहरु गर्भमा नै आफैमा गफिने समेत गर्छन् ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ