संसारभर कोभिड -१९ को संक्रमणबाट ९० हजार बढी मानिस प्रभावित

कोरोना भाइरसको संक्रमण संसारभर तीव्र गतिमा बढिरहेको छ। मंगलबारसम्म यसबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १२ पुगेको छ। चीनको हुवेई प्रान्तमा मात्रै ९० प्रतिशत जति कोरोना संक्रमितको मृत्यु भएको छ। इरानमा पनि कोभिड संक्रमणबाट ५० भन्दा बढीको ज्यान गएको छ भने इटलीमा ३० जनाको मृत्यु भएको छ। विश्वभर गरेर कोभिडको संक्रमणबाट ९० हजार ९ सय ३३ मानिस पीडित छन्।
अब कोरोना चीनको तुलनामा बाहिरको देशमा तीव्र रुपमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनले हालसम्म प्रायः केसमा सुरुवाती लक्षण मात्रै देखिएको र यसमा मृत्युदर २ देखि ३ प्रतिशतको हाराहारीमा रहेको जनाएको छ। कोरोना भाइरस मौसमी फ्लुबाट मृत्यु हुनेको तुलनामा बढी छ। सामान्य फ्लुबाट हरेक वर्ष ४ लाखको मृत्यु हुने गरेको छ।
चीनमा कम हुँदै गएको भने कोरोनाको संक्रमण बाँकी देशमा बढिरहेको छ। युरोपमा इटाली कोरोना भाइरसबाट सबैभन्दा प्रभावित छ। इटलीमा अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ भने २ हजार ३६ संक्रमणको केस देखिएको छ। र १ सय ६९ जना पुन स्वस्थ भएर घर फर्किएका छन्। त्यस्तै व्रिटेनमा ३६जनामा कोभिड संक्रमण भएको पुष्टि भएको जानकारी छ।
चीनपछि सबैभन्दा ज्यादा प्रभावित दक्षिण कोरिया हो। यहाँ ४ सय ७ सय २५ जनामा संक्रमणको नयाँ केस देखिएको छ भने अहिलेसम्म कुल ४ हजार ८ सय १२ मामला देखिएको छ। २७ जनाको यी मध्ये ३ हजार ८१ मामला दक्षिण कोरियाली सहर दाइगुको छ। दक्षिण कोरियाको राजधानी सोलका मेयरले जनतालाई आफ्नो घरबाटै काम गर्न तथा भिडभाड इलाकामा नजान आग्रह गरेका छन्।
मध्य-पूर्वमा इरान कोरोनाबाट सबैभन्दा प्रभावित देश हो। यहाँ अहिलेसम्म ६६ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणबाट कुल १ हजार १ सय ४४ जनामा संक्रमण देखिएको छ। र २ सय ९१ जना ठिक भएर अस्पतालले डिस्चार्ज भईसकेका छन्। यसबाहेक कत्तार, इक्वेडोर, लग्ज़मबर्ग, आयरल्याण्डमा पनि कोरोनाको पहिलो केस देखा परेको छ। त्यस्तै अमेरिकामा पनि उक्त भाइरसबाट ६ जनाको मृत्यु भैसकेको छ भने ८८ जना संक्रमित छन्।
मंगलबार चीनको हुवेइ प्रान्तमा थप ३२ जनाको मृत्यु भएको खबर बाहिरिएको छ। यस बाहेक आज थप एक सय २६ नयाँ केश देखिएको छ। चीनमा कोरोनाबाट अहिलेसम्म २ हजार ९ सय ४४ जनाको मृत्यु भैसकेको छ।
कोरोनाबाट चीनको अर्थव्यवस्था पनि नराम्रोसँग प्रभावित बनेको छ।
छिमेकी राष्ट्र भारतमा ६ जनामा कोरोना संक्रमणको लक्षण देखिएकोमा ३ जनाको मात्रै पुष्टि भएको छ। नेपालमा भने अहिलेसम्म एक जनामा संक्रमण देखिएको र उनी पुन स्वस्थ भई घर फर्किएका छन्।
–एजेन्सीको सहयोगमा
धेरै पढिएका
- १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम
- २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी
- ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी
- ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ५ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ?
- ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने
- ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी
तपाईको प्रतिक्रिया दिनुहोस