२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरुवा वढुवामा आग्रह पूर्वाग्रह गरिएको छैन : मन्त्री ढकाल

सरुवा वढुवामा आग्रह पूर्वाग्रह गरिएको छैन : मन्त्री ढकाल


काठमाडौं–पछिल्लो समय संघअन्तर्गत आएका ५ वटा अस्पतालको गठन आदेश मन्त्री परिषद्ले पास गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले गठन आदेश पास गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताए ।

गठन आदेश पास भएका अस्पतालहरुमा कोशी, नारायणी, भरतपुर, भेरी र डडेलधुरा अस्पताल रहेका छन् । यसअघि यी अस्पतालहरु क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पतालका रुपमा रहेका थिए । गत वर्ष सरकारले यी अस्पताहरुलाई केन्द्र मातहतमा ल्याउने निर्णय गरेको थियो ।

केन्द्रीय सरकार मातहत ल्याएसँगै ती अस्पतालहरुको अस्पताल गठन आदेश खारेजी गरी त्यहाँ रहेका अस्पताल विकास समिति पनि खारेज गरिएको थियो । गठन आदेशसँगै पुनः अस्पताल विकास समिति बनाएर काम गर्ने बातावरण बनेको मन्त्री ढकालले बताए ।

उनले लामो समयदेखि रोकिएको १२ औं तहको बढुवाले निकास आएको, विभिन्न निकायमा हुने नियुक्ति पूरा भएको र मन्त्रालय भित्र गर्नुपर्ने जिम्मेवारी हेरफेरको काम भएको भन्दै अब एक्सनमा जाने समय आएको बताए । ‘अव मन्त्रिपरिषदबाट पास भएको गठन आदेशअनुसारको केही नियुक्ति मात्र बाँकी छ,’ मन्त्री ढकालले मंगलबार हेल्थ आवाजसँग कुराकानी गर्दै भने, ‘यो तीन महिनामा बुझ्ने अध्ययन गर्ने र उपयुक्त ठाउँमा उपयुक्त मान्छेलाई जिम्मा दिने काम भएको छ ।’

उनले १२ औं तह बढुवा र ११ औं तहका कर्मचारीको जिम्मेवारी बाँडफाँडमा कसैमाथि आग्रह पूर्वाग्रह नराखेको बताए । ‘जे स्वभाविक प्रक्रियाबाट हुन्थ्यो, त्यही अनुसार गरिएको हो,’ उनले भने, ‘हामीले आस्थाका आधारमा कसैको गरेका छैनौ ।’ ११ औं तहका स्वास्थ्यकर्मीको सरुवालाई उनले स्वभाविक प्रक्रिया भएको प्रतिक्रिया दिए ।

मन्त्री ढकालले यो तीन महिनाको अवधिमा स्वास्थ्य मन्त्रालय संरचनागत रुपमा पूरा भएको दावी गरे । स्वास्थ्यको समायोजनका धेरै समस्या सल्टिएको उनले बताए । ‘समायोजन सुरुमै डढेलो लगाइएको रहेछ, त्यसलाई पूर्ण रुपमा मिलाउन सक्ने अवस्था नै छैन्,’ उनले भने, ‘मिल्न सक्ने जति मिलाइयो अव बाँकी भनेको पावर लगाएर सुगम खोज्नेहरुको मात्र बाँकी छ ।’

समायोजनको सुरुवाती चरणमै अवैज्ञानिक ढंगले काम गरेका कारण पहाडी क्षेत्रमा कर्मचारी अभाव भएको र उपत्यका र तराईंका क्षेत्रमा बढी थुप्रिएको उनको आरोप छ । ‘सुरुमै स्वास्थ्यको समायोजन हचुवाको भरमा गरियो, सम्पूर्ण रुपमा मिलाउनै नसक्ने अवस्थामा छ,’ उनले भने, ‘माथिल्ला पहाड खाली छन्, अब पावर लगाएर सुगममा जान खोज्नेलाई त्यहाँ पठाउनुको विकल्प छैन ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ