काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का नवनियुक्त सदस्यसचिव डा. प्रदीप ज्ञवालीले आफू ४ वर्षे गुरुयोजना बनाएर अगाडि बढ्ने बताएका छन् । बिहीबार पदबहालीका क्रममा उनले सो कुरा बताएका हुन् ।
यसअघि आफू परिषद्को सदस्यका रुपमा समेत काम गरेको उल्लेख गर्दै उनले परिषद् आफ्ना लागि नयाँ ठाउँ नभएको बताए । ‘मैले यसअघि पनि सदस्यका रुपमा काम गरेकाले नयाँ ठाउँ होइन्,’ उनले भने, ‘अहिले नै यो गर्ने भनेर बाचा गर्नेभन्दा पनि परिषद्को विकास र सुधारका लागि ४ वर्षे गुरुयोजना बनाएर अगाडि बढ्छु ।’
उनले परिषद्ले स्वास्थ्य अनुसन्धानका लागि महत्वपूर्ण ठाउँ भएको उल्लेख गर्दै यसको संस्थागत विकासमा जोड दिने उल्लेख गरे । परिषद् स्वास्थ्य क्षेत्रको प्रवक्ता नै भएको भन्दैं उनले भने, ‘परिषद्ले गरेका अध्ययन—अनुसन्धानका आधारमा स्वास्थयका नीति तथा कार्यक्रम बन्छन्, त्यसैले यो महत्वपूर्ण ठाउँ हो ।
उनले राजनीतिक नियुक्ति भएर आएको भएपनि आफू व्यवसायिक रुपमा अगाडि बढ्ने बताए । डा. ज्ञवाली सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट परिषद्को सदस्य सचिव नियुक्त भएका हुन् । उनी त्रिवि महाराजगन्ज मेडिकल कलेजका सह—प्राध्यापक हुन् ।