२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीन जाने जहाजको चालक दलका १६ सदस्यलाई आज तालिम दिइदै

चीन जाने जहाजको चालक दलका १६ सदस्यलाई आज तालिम दिइदै


काठमाडौं – चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले बुधबार तालिम दिँदै छ । ११ पुरुष र पाँच महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनु पर्ने सुरक्षाका विषयमा ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ तालिम दिन लागिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. हेमन्त ओझा नेतृत्वको नेतृत्वमा तालिम दिइनेछ । त्यस्तै, विहीबार विमानस्थलमा जहाजको बाहिरी काममा खटिने कर्मचारीलाई तालिम दिने महाशाखाले जनाएको छ ।

सरकारले चीनको हुबेई प्रान्तका विभिन्न स्थानमा रहेका एक सय ८५ नेपाली फागुन ३ गते नेपाल वायुसेवा निगमको एयरबस ३३०-२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउने अनौपचारीक छलफल भएको छ ।

जहाजमा दुई चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको चिकित्सक टोली पनि जानेछ उनीहरुलाई तालिम दिइसकेको छ । उनीहरु सँगै उपचारमा खटिने स्वास्थ्यकर्मीसहित् ८६ जनालाई सोमबार तालिम दिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट ल्याइने नेपाली बिरामी परे आइसोलेसन गर्न एक सय ९९ बेड तयार पारिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ