२०८१ कात्तिक ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमएमए इलेक्सन#: ३०० मत गन्दा कसले कति ल्याए ?

एमएमए इलेक्सन#: ३०० मत गन्दा कसले कति ल्याए ?


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचनको मतगणना जारी छ । ३ सय मतगन्दा अध्यक्षमा लोकतान्त्रिक प्यानलबाट अध्यक्षका उम्मेदवार डा. लोचन कार्कीले अग्रता लिएका छन् ।

डा. कार्कीले १ सय ७७ मत पाउँदा पेशागत समावेसी प्यानलका डा. पुष्पमणि खरालले १ सय २२ मत पाएका छन् ।

बरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका डा. शिवप्रसाद श्रेष्ठले १६४ मतका साथ अग्रता लिएका छन् । उनलाई पेशागत समावेसी समूहकी रक्षा श्रेष्ठले १२२ मतका साथ पछ्याइरेकी छन्  । यस्तै, उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका अनिलविक्रम कार्कीले १९८ मत प्राप्त गरेका छन् भने पेशागत समावेसीका डा. रन्जितकुमार झाले ८९ मत प्राप्त गरेका छन् ।

अध्यक्षपछिको प्रमुख पद मानिने महासचिवमा लोकतान्त्रिक प्यानलका डा. बद्री रिजालको सुरुदेखिको अग्रता कायमै छ । डा. बद्रीले १२४ मत प्राप्त गरेका छन्, उनलाई पेशागत समावेसीका महासचिवका उम्मेदवार डा. मधुर वस्नेतले पछ्याउँदैं ९० मत प्राप्त गरेका छन् । स्वतन्त्रतर्फका उम्मेदवार डा. दीपेन्द्र पाण्डेले ५२ र डा. अजयकुमार मिश्रले ३० मत प्राप्त गरेका छन् ।

सह—महासचिवमा लोकतान्त्रिकका निरजकुमार सिंहले १७८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका पेशागत समावेसीका डा. शैलेन्द्र झाले १०२ मत प्राप्त गरेका छन् ।

यस्तै कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका डा. प्रकाश बुढाथोकीले १६८ मतका साथ अग्रता लिइरहेका छन् उनलाई पछ्याइरहेका पेशागत समावेसीका उम्मेदवार डा. सञ्जितकुमार साहले ११५ मत प्राप्त गरेका छन् । सह—कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका उम्मेदवार डा. विश्वराज दवाडीले १९५ मत प्राप्त गरेका छन् भने पेशागत समावेसीका डा. उदयनारायण सिंहले ९१ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ