काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए ।
प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताऐ । ‘योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा धेरैअघिबाट सुरु भएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ ।’
प्रधानमन्त्री ओलीले नेपालमा योगको अभ्यास परम्परागतकालदेखि हुँदै आएका प्रमाणहरु धेरै भेटिएको बताए । ‘हामीले पाँच÷छ हजार वर्ष पहिलेका मूर्तिहरु हे¥यौं भने पनि योगका विभिन्न आशनमा देखिन्छन्,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले नेपालको कोशी किनारमा बेदका ऋचाहरुको रचना भएको उल्लेख गरेका छन् । ‘यस्तो ज्ञान भूमीमा बस्ने हामीहरु केही समय पछि पछि परेका हौं तर अब त्यो अवस्था रहदैन्,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले लोभ मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले देशलाई आवेश उत्तेजनातिर लैजान खोजिएको बताए । तर त्यस किसिमका प्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।