२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार९ महिनामा कडा रोग उपचारमा सरकारको १ अर्व १३ करोड खर्च

९ महिनामा कडा रोग उपचारमा सरकारको १ अर्व १३ करोड खर्च


काठमाडौं – सरकारले पछिल्लो ९ महिनामा कडा रोग उपचार गरेका विपन्न नागरिकका लागि १ अर्व १३ करोड ३५ लाख ८ हजार ५ सय ५३ रुपैयाँ खर्च गरेको पाइएको छ। गत वैशाख र ज्येष्टमा ४१ करोड ८५ लाख ६ हजार ६ सय ४१ रुपैयाँ कडा रोग लागेका विपन्न नागरिकको लागि निकासी भएको छ।

त्यसैगरी, असार महिनामा मात्र २१ करोड ४१ लाख ५८ हजार ५ सय १३ रुपैयाँ निकासी गरेको विपन्न नागरिक उपचार कोष सचिवालयले जनाएको छ।

आइतबार बसेको विपन्न नागरिक औषधी उपचार व्यवस्थापन समितिको बैठकले विपन्न नागरिकको उपचारमा पछिल्लो ६ महिनाको अवधिमा भएको खर्चको रकम निकासा गर्ने निर्णय गरेको छ । कोषको आइतबार बसेको बैठकले छ महिनाको अवधीमा भएको ५० करोड ८ लाख ४३ हजार तीन सय ९९ रुपैया खर्च निकासी गर्ने निर्णय गरेको हो ।

विभिन्न अस्पतालहरुले सरकारले तोकेको ८ वटा कडा रोगको उपचार गरेवापत पाउने सोधभर्ना बापतको रकम निकासी गरीएको सिफारीस समितिका सदस्य सचिव चुणमणी भण्डारीले जानकारी दिए । कोषको अध्यक्ष समेत् रहेका स्वास्थ्य तथा जनसंख्या सचिव खगराज बरालको अध्यक्षतामा बसेको बैठकले कडा रोग लागेका विरामीको उपचार गरेवापत अस्पताललाई श्रावण र भाद्र महिनाको ७ करोड ९० लाख ६ हजार ६ रुपैया, असोज र कार्तिकको ७ करोड ७८ लाख ९६ हजार ४ सय ३ रुपैया निकासा गर्ने निर्णय गरेको हो । त्यसैगरी मंसिर र पुषको ३३ करोड ९१ लाख ९३ हजार ९ सय ९० निकासी गरेको सिफारीस समितिका सदस्य सचिव भण्डारीले जानकारी दिए ।

मृगौलाका विरामीको प्रत्यारोपण अघि विभिन्न जाँचको लागि र प्रत्यारोपण पछि एक वर्षसम्म औषधी सेवन गर्नको लागि ४६ लाख ९३ हजार निकासी गर्ने निर्णय समेत् गरेको छ । सरकारले यस आर्थीक वर्ष विपन्न नागरीक उपचार कोषकोलागि २ अर्ब २० करोड रकम विनियोजन गरेको छ ।

८ वटा कडा रोग मध्ये ७ बटा रोगको उपचारमा १ लाखका दरले अस्पताललाइ साधभर्ना स्वरुप अनुदान र मृगौला रोग लागेकालाइ प्रत्यारोपण गर्नु अघि जाचको लागि १ लाख, प्रत्यारोपण पछि एक वर्षको औषधी सेवन १ लाख, प्रत्यारोपण गर्न ४ लाख ५० हजार अस्पताललाइ सोधभर्ना उपलब्ध गराउदै आएको छ । मृगौला डायलसिस गर्ने विरामीको प्रति पटक २ हजार ८ सयका दरले डायलसि गर्ने अस्पताल या सेन्टरलाइ अनुदान उपलब्ध गराउदै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ