२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाेराेना भाइरस नियन्त्रणका लागि बनेका ३ समितीले के-के गर्नेछन् ?

काेराेना भाइरस नियन्त्रणका लागि बनेका ३ समितीले के-के गर्नेछन् ?


काठमाडौं – नोवेल कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले ३ वटा समिति बनाएको थियो। उक्त भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि गत शुक्रबार स्वास्थ्य मन्त्रालयले यसको रोकथामको निमित्त समिति गठन गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालको अध्यक्षतामा निर्देशन समिति, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दिपेन्द्र रमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको थियो। सरकारले समिति गठन गरे सँगै कार्यभार समेत् तोकेको छ।

तोकिएको कार्यभार अनुसार, निर्देशन समितिले गर्नु पर्ने कार्य –

  • कोरोना भाइरस संक्रमणका हिसाबले संवेदनशिल नाकाहरु, क्षेत्रहरु, तथा कार्यहरुको पहिचान गरी सम्बन्धित मन्त्रालयहरुको समन्वयमा प्रतिकार्यका विशेष कार्यक्रमहरु तयार पार्ने ।
  • यसरी तयार पारेका कार्यक्रमहरुको सञ्चालनको खाका तथा सो को कार्यन्वयन र अनुगमन गर्ने ।
  • प्रतिकार्य, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने आर्थिक तथा मानवीय स्रोतको अनुमान गरी व्यवस्थापनका लागि स्वास्थ्य तथा मन्त्रालयमा सिफारिस गर्ने।
  • कोरोना भाइरस सम्बन्धि सुचनालाई एकद्धार प्रणालीबाट सुचना संकलन तथा प्रवाह गर्ने व्यवस्था मिलाउने ।
  • सो सुचनालाई चौबिसैं घन्टा अंग्रेजी र नेपाली भाषामा हट लाइनमार्फत उपलब्ध हुने व्यवस्था मिलाउने ।
  • प्रयोगशालाहरुमा चाहिने रिजेन्ट मानव स्रोत र आर्थिक स्रोतको व्यवस्था गर्ने ।
  • लुम्बिनी, पोखरा, काठमाडौं लगायतका प्रमुख पर्याटकिय क्षेत्रहरुमा स्वास्थ्य इकाईको व्यवस्था गर्ने ।
  • कोरोना भाइरस सम्बन्धि प्रस्ट बु्झिने गरी प्रमुख भाषाहरुमा सञ्चार माध्यमबाट प्रसारण गर्न लगाउने ।
  • यस समितिले दैनिक तथा आवश्यकता अनु्सार माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री, राज्यमन्त्री उच्च स्तरिय अनुगमन समिति समक्ष जानकारी गराउने ।

प्राविधिक समितिले गर्नु पर्ने कार्य –

  •  कोरोना भाइरस प्रतिकार्यको निम्ति प्रत्येक दिनको सुचना अध्यावधिक गर्ने।
  • शंकास्पद बिरामीहरु स्वास्थ्य परीक्षणको लागि उपयुक्त प्रयोगशालाहरुको निरीक्षण गरी सिफारिस गर्ने।
  • स्वास्थ्य मन्त्रालय स्थित स्वासथ्य कार्य सञ्चालन केन्द्र÷इ।डि।सि।डि स्थित आर आर टि लाई आवश्यक प्राविधि सहायता उपलब्ध गराउने।
  • नियन्त्रण र उपचारका लागि चाहिने र आवश्यक हुन सक्ने सामाग्री तथा औषधिको उचित तयार गरी उच्चस्तरिय अनुगमन समितिमा सिफारिस गर्ने ।
  • उपचार गर्नुपर्ने अवस्थामा आइशोलेसन वार्डको उचित व्यवस्था नभएका अस्पतालको पहिचान गरी सिफारिस गर्ने।
  • नाका तथा संवेदनशिल स्थलहरुको भ्रमण गरी उच्च स्तरिय अनुगमन समितिलाई प्रतिवेदन दिने।
  • आवश्यक प्रोटोकल-गाइडलाइन्सहरु पुनवरोकन  देशको सन्दर्भ अनुसार तयार गर्ने।

उच्चस्तरीय अनुगमन समितिले भने राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसँस्थासँग समन्यव गर्ने तथा भाइरसको रोकथाम तथा व्यस्थापनको सबै काम कार्वाहीको निगरानी राख्ने काम गर्नेछ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ