२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन

नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन


काठकाण्डाै–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी रुपमा प्रकोप बन्दै गएको नाेभेल कोरोना भइरसको सम्भावित संक्रमणबाट रोक्न तीन बटा समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति बनेको छ । त्यसैगरी स्वास्थ्य सचिव खगराज बरालकोको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर, मापन तथा नियमन महाशाखा प्रमुख डा दिपेन्द्र रमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्रविधीक समिति गठन भएको मन्त्रालयले जनाएको छ ।

एक महिनादेखी चिनमा महामारीको रुपमा फैलिएको नोवल कोरोन भइरसले विश्वका धेरै देशहरुमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरे संगै नेपाले पनि सजगता अपनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री ढकालको अध्यक्षतामा बिहिवार बसेको विभिन्न मन्त्रालयका सचिव तथा स्वास्थ्यका अधिकारीहरु सहितकाे बैठकले सो निर्णय गरेको हो । साे समितीकाे सदस्यहरूमा सवै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुख रहनेछन् । साे समितीले काेराेनाकाे राेकथामकाेलागी विभिन्न निकायले गरिरहेका कामहरूकाे अनुगमन गर्ने छ ।

त्यसैगरी स्वास्थ्य सचिव खगराज बरालको नेतृत्वमा निर्देशक समिति पनि गठन भएको छ । सो समितिमा मन्त्रालयका तीनै विभागका महानिर्देशक, सबै महाशाखाका निर्देशक, टेकु अस्पतालका निर्देशक, स्वास्थ्य अन्तर्गत सवै परिषदका अध्यक्षहरु पदेन सदस्य तोकिएको छ ।

साे विज्ञहरुमा डा खेम कार्की, डा जगदीश अग्रवाल, डा अर्जुन कार्की, डा मानव भट्टराइ, डा शुरेस तिवारी, डा दिलीप शर्मा, निजी अस्पताल एसोसिएसन, निजी मेडिकल कलेज एसोसिएसन प्रतिनिधी र विश्व स्वास्थ्य संगठनका प्रतिनिधी निर्देशक समितिका सदस्य रहनेछन् ।

मन्त्रालयले गुणस्तर, मापन तथा नियमन महाशाखाका प्रमुख डा दिपेन्द्र रमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधीक समिति समेत गठन गरेको छ । सो समितिको सदस्यमा इडिसिडीका प्रमुख, जोनोसीस विभागका प्रमुख, डा अनुप बास्तोला, डा अनुप घिमिरे लगायत सदस्य रहेका छन् । सो कमिटिको सदस्य सचिवमा स्वास्थ्य आपतकालीन व्यवस्थापन इकाइ प्रमुख सागर दाहाल रहेका छन् ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ