बुहानका १९० नेपाली नियमित सम्पर्कमा, ल्याउनुपर्ने अवस्था आए सरकार तयार

काठमाडौं—नोवल कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहान प्रान्तमा रहेका १ सय ९० नेपाली सम्पर्कमा आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु चीनस्थित नेपाली दूतावासले बनाएको ‘ह्वाटसएप ग्रुप’मा नियमित सम्पर्कमा रहेका छन् ।
इपिसेन्टरमा रहेका नेपालीलाई जुनसुकै समयमा स्वदेश फर्काउनुपर्ने अवस्था आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहिवार विभिन्न मन्त्रालयका उच्चस्तरीय अधिकारीहरुसँग छलफल गरेका छन् ।
एकै पटक त्यति धेरै संख्यामा नेपालीलाई फर्काउनु परे उनीहरुको निगरानी कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको सहभागी मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । छलफलमा उनीहरुलाई ल्याएर राख्न नेपाली सेनाको अस्पतालमा बनेको नवनिर्मित भवनलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यसैगरी, शुक्रराज अस्पताल र अन्य हव अस्पताललाई पनि तयारी रहन निर्देशन दिइसकेको उनले बताए ।
मन्त्री ढकालले बोलाएको उच्चस्तरीय बैठकमा रक्षा, परराष्ट्र, पर्यटन र अर्थ मन्त्रालयका सचिवहरु, अध्यागमनका महानिर्देशक, गृह मन्त्रालयका इमरर्जेन्सी महाशाखा हेर्ने सह—सचिव, भन्सार विभागका महानिर्देशक, सैनिक अस्पताल छाउनीका निर्देशकलगायत स्वास्थ्य मन्त्रालयका सबै महाशाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।
धेरै पढिएका
- १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए
- २ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’
- ३ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ?
- ४ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ५ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा
- ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ?
- ७ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ
तपाईको प्रतिक्रिया दिनुहोस