गृहपृष्ठ ∕ समाचार ∕ कोरोना भाइरस परीक्षणको निम्ति दुई जना टेकु अस्पतालमा भर्ना कोरोना भाइरस परीक्षणको निम्ति दुई जना टेकु अस्पतालमा भर्ना हेल्थ आवाज बुधबार, २०७६ माघ १५ गते, १७:१४ मा प्रकाशित राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस परीक्षणको निम्ति शंकास्पद दुई व्यक्ति भर्ना भएका छन् । चीनबाट नेपाल फर्किएका ती व्यक्तिलार्ई कोरोना भाइरस परीक्षणको निम्ति बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको आइसोलेशन बेडमा भर्ना गरिएको हो । आवश्यक परिक्षणपछि मात्र उनीहरुको स्वास्थ्य स्थितिबारे बोल्न सकिने स्रोतले जनाएको छ । कोरोना भाइरसको व्यापक त्रास फैलिरहेको सन्दर्भमा चीनबाट फर्केका उक्त दुई व्यक्तिलाई परीक्षणको निम्ति अस्पतालमा भर्ना गरिएको हो । भाइरसले विश्वभर त्रास फैलाइरहेको अवस्थामा नेपालमा पनि यसको संक्रमण एकजनामा देखिएपछि यसको त्रास झनै फैलिएको छ । सोमबार आशंका गरी परीक्षण गरिएका अन्य दुई जनामा भने सकरात्मक रिपोर्ट देखिएपछि घर फर्काइएको थियो । यसअघि भाइरस परीक्षणका निम्ति हङकङ पठाइएता पनि गत सोमबारदेखि यसको परीक्षण नेपालमा नै शुरु भएको छ । प्राप्त तथ्यांक अनुसार हालसम्म यसबाट मृत्यु हुनेको संख्या चीनमा १३२ पुगेको छ । नेपालमा पनि यसको संक्रमण देखिएपछि यसका निम्ति सरकारले जनचेतनाका कार्यक्रम संगसँगै उच्च सर्तकता अपनाउँदै आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘सन्चो’ उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो तीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु राजावादी आन्दोलनका क्रममा तीनकुने झडपमा घाइते भएका एक जनाको मृत्यु रोगको कारण खोज्न १७ हजार जनामा २० वर्षे अनुसन्धान काठमाडौंका पाँच स्थानमा ४ः२५ देखि १० बजेसम्म कर्फ्यु आदेश जारी डा. कीर्तिपाल सुवेदीको सल्लाहः यसरी कम गर्न सकिन्छ शिशुहरुमा हुने… धेरै पढिएका १ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ २ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? ७ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित तीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु क्यारेन्टाइनमा मनाइयो योग दिवस चीनमा पुनः लकडाउन घोषणा डोटीमा गर्भपतन सेवा अस्थायी साधन बन्दै चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित तीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु क्यारेन्टाइनमा मनाइयो योग दिवस चीनमा पुनः लकडाउन घोषणा डोटीमा गर्भपतन सेवा अस्थायी साधन बन्दै