काठमाडौंका ठूला सबै अस्पतालमा मतदान केन्द्र राख्न पेशागत समावेशी चिकित्सक समुहकाे माग

काठमाडौं : काठमाडौंका ठूला सबै अस्पतालमा मतदान केन्द्र राख्न पेशागत समावेशी चिकित्सक समुहले माग गरेको छ। नजिकिदै गरेको एनएमए चुनावलाई लक्षित गर्दै पेशागत समावेशी चिकित्सक समुहले बुधबार हार्दिक होटेलस्थित विभिन्न मागसहित पत्रकार सम्मेलन गरेको हो।
यहि माघ महिना भित्र नेपाल चिकित्सक संघमा निर्वाचन हुने भनिएको छ। तर पेशागत समावेशी चिकित्सक समुहले भने एक ठाउँमा मात्रै केन्द्रित नभई काठमाडौँको सबै ठुला अस्पतालमा निर्वाचन केन्द्र बनाउनु पर्नेमा जोड दिएका छ। नेपाल चिकित्सक संघको भवनमा मात्र चुनाव गर्दा ५ दिन लाग्ने र सबै ठाउँमा मतदान केन्द्र राखेमा २ दिनमै चुनाव सकिने उनीहरुको भनाई छ।
त्यस्तै, उक्त समूहले नेपाल चिकित्सक संघको भवनका केहि कोठाहरू महगो भाडामा लगाई बिचौलियाको प्रयोग गरी व्यापक आर्थिक अनियमितता गरेको कारण चिकित्सकहरुले शिर झुकाउनु परेको गुनासो गरेको छ।
यसै गरी, गत माघ ४ र ५ गते सम्पन्न उपत्यका बाहिरको निर्वाचनमा सिरहाको लाहान मतदान केन्द्रमा उमेदवारकाे वुवा नै मतदान अधिकृत बनाएर विधान विपरीत काम गरेकाे भन्दै साे निर्वाचनलाइ रद्द गरीनुपर्रनेर् माग राखेका छन् ।
नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि चुनावी मैदानमा पेशागत समावेशी चिकित्सक समूहका अध्यक्ष डा. पुष्पमणी खराल उत्रिएका छन्। संघले चिकित्सकको हितमा काम गर्न नसकेकाे आरोप लगाउँदै यसमा काम गर्नका लागि आफूले उम्मेदवारी दिएको उनी बताउँदै आएका छन्।
धेरै पढिएका
- १ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’
- २ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए
- ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ४ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन !
- ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित
- ६ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला
- ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू
तपाईको प्रतिक्रिया दिनुहोस