२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा नोभेल कोरोना भाइरस पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले गरेका १० काम

नेपालमा नोभेल कोरोना भाइरस पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले गरेका १० काम


काठमाडौ – एक महिना अघि चिनमा देखा परेको नयाँ भाइरस (नोभेल २०१९ कोरोना)ले चीनमा १ सय ६ जनाको ज्यान गइसकेको छ। ४ हजार ५ सय ५ जनामा यो भाईरसको संक्मण भएको पुष्टी भइसकेको छ। नेपालमा पनि चीनको हुवेइ प्रान्तबाट फर्किएका एक जनामा यो भाइरसको संक्रमण भएको पुष्टि भएको छ। मंगलबारसम्म अस्पतालमा ४ जनालाई निग्रानीमा रखेर उपचार गरीएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, शंकास्पद देखिएको दुई जनामा उक्त भाइरस देखीएको छैन। एक जनाको भने ल्यावमा पठाइएको र जाँच रिपोर्ट आइनसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। पुष महिनाको २४मा चिनको वुहानबाट फर्कीएका ति व्यक्ति २८ पुषमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको सम्पर्कमा आएका थिए। लक्षणको आधारमा उनलाई उच्च निगरानीमा राखेर ल्याव परिक्षणको लागि हंकङ्ग पठाइएको थियो। माघमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हंङ्कङ्गबाट आएको रिपोर्टमा ती व्यक्तिमा नोभल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो।

संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र उनको परिवार तथा उनको सम्पर्कमा आएका व्यक्तिहरुमा सो भाइरसको कुनै लक्षण नदेखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेक कुमार लालले बताए। उक्त सम्मेलनमा ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला अस्पतालले शकास्पद विरामी र संक्रमीत विरामीलाईविशेष तरिकाले उपचार गर्न सक्षम रहेको जानकारी दिए।

नेपालमा पहिलोपटक सो भाइरसको पुष्टि भए पश्चातका ६ दिनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले के के काम गरीरहेको छ त ? मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, कोरोना भाइरससँग लड्न अहिलेसम्म १० वटा महत्वपूर्ण काम भएको दावी गरीएको छ।

१. सबै हब अस्पताललाई आइसोलेसन फेसिलिटी सहित छुट्टै विभाग तयारी राख्न भनिएको छ।
. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोगको अध्ययन र अनुसन्धान गरेको छ।
३. त्रिभूवन अन्तराष्ट्रिय विभानस्थलमा थर्मल स्क्यानर राखिएको छ।
४. सोमबारबाट राष्ट्रिय प्रयोगशालाबाट नोभेल कोरना भइरस २०१९ को ल्याव परिक्षण शुरु गरीएको छ।
५. विमानस्थलमा भेटीएका शंकास्पद विरामीको लागि चौविसै घण्टा एम्बुलेन्सको तयारी अवस्थामा राखिएको छ।
६. पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट सम्बन्धित ठाउँमा प’¥याइएको छ।
७. प्रधानमन्त्री तथा गृहमन्त्रीलाई नियमित जानकारी गराई रखिएको छ।
. काठमाडौका प्रमूख अस्पतालहरुलाई शंकास्पद विरामीको ल्याव परिक्षणको लागि सुरक्षित तवरले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याउने वातावरण मिलाइएको छ।
९. भिडीयो कन्फ्रेन्सको माध्यामबाट प्रादेशीक अस्पतालहरुलाई सजक र तयार रहन जानकारी गराइएको र सोही अनुसार तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
१०. चेतनामुलक सामाग्री बनाई सबैलाई जानकारी प्रदान गरी राखिएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र नागरीक उड्यान मन्त्री र ति मन्त्रालयका सचिवहरुलाई बोलाएर आ-आफ्नो मन्त्रालयमार्फत रोगको सम्भावित अवस्थालाई मध्यनजर गरी तयारी गर्न निर्देशन दिएका थिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ