२०८१ माघ ११, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा एक बिरामीमा कोरोना भाइरस पुष्टि, विमानस्थलमा विशेषज्ञ चिकित्सकसहितको डेस्क

नेपालमा एक बिरामीमा कोरोना भाइरस पुष्टि, विमानस्थलमा विशेषज्ञ चिकित्सकसहितको डेस्क


काठमाडौं-नेपालमा पनि कोरोना भाइरस देखिएको पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी नेपालमा चीनबाट फर्केका एक जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेको हो ।

शुक्रराज टपिकल तथा सरुवा रोग अस्पताल टेकुमा १३ जनवरीमा  चीनबाट फर्केका एक बिरामी उक्त भाइरस हुने शंका लागेपछि परीक्षणका लागि नमुना हङकङ पठाइएको थियो ।

हङकङमा पठाइएको उक्त नमुना  रिपोर्ट बिहीबार नेपाल आएको थियो । उक्त रिपोर्ट कोरोना भाइरस पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

बिरामी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

अर्का एक जना शंकास्पद विरामीको पनि शुक्रराज अस्पतालमा उपचार भैरहेको पत्रकार सम्मेलनमा मन्त्रालयले जानकारी दिएको छ । उनको नमुना पनि परीक्षणका लागि हङकङ पठाउने तयारी भैरहेको छ ।

चीन, हङकङलगायतका देशमा कोरोना भाइरस देखिएपछि सरकारले विमानस्थलमा आउने यात्रुहरुको जाँचमा पनि कडाइ गर्ने भएको छ ।

यसका लागि अहिले. त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा ८ जनाको टोलीसहितको स्वास्थ्य डेस्क स्थापना गरिएको छ । उक्त डेस्कले २४ सैं घण्टा काम गर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ