२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशुक्रराज अस्पतालको ८६ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

शुक्रराज अस्पतालको ८६ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न


काठमाडौँ -काठमाडौँको टेकुस्थित रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले वार्षिकोत्सव मनाएको छ । वि.सं १९९० मा स्थापना भई सरुवा रोगको क्षेत्र अन्तर्गत सम्पुर्ण सेवा पु¥याउदै आएकोे सो अस्पतालले शुक्रबार आफ्नो ८६ औं जन्मजयन्ती मनाएको हो ।

स्थापनाकालदेखि  नै विशेष रुपमा सरुवा रोग सम्बन्धि विभिन्न समस्याको रोकथाम तथा उपचारमा महत्वपुर्ण योगदान पु¥याउदै आएको यस अस्पतालले प्रत्येक सेवालाई भिन्न–भिन्न विभागमा विभाजित गरी बिरामीलाई उचित रुपमा सेवा प्रदान गर्दै आएको छ ।

सफलता पुर्वक यसरी ८५ औ वसन्त पार गरी ८६ औ वर्षमा प्रवेश गर्नु आफैमा गौरान्वित विषय रहेको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन।

जनरल मेडिसिन, रेबिज क्लिनिक, आर्ट क्लिनिक, प्याथोलोजी ल्याब, क्षयरोग तथा डट्स क्लिनिक, महामारी सेवा, टीककाकरण र इपीएस लगायतका विभिन्न सेवाहरु उपलब्ध रहेको यस अस्पताल सरुवा रोग सम्बन्धि उपचार गर्ने नेपालकै पहिलो सरकारी अस्पताल हो । हालसम्म उक्त अस्पतालले कयौ बिरामीलाई प्रभावकारी सेवा प्रदान गरिसकेको छ।

कोलेरा अस्पतालको नाममा स्थापना भएको यस अस्पताललाई वि.सं २०३४ सालमा ‘टेकु अस्पताल’ नामाकरण गरिएको थियो । तर, अस्पतालले विशेष रुपमा सरुवा रोग सम्बन्धिका बिरामीहरु मात्रै हेर्नै भएकोले उक्त नाम फेरि परिवर्तन गरी वि.सं २०५३ सालमा ‘शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल’ राखिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ