२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारट्रमा सेन्टरका चिकित्सक र कर्मचारीले पिउँछन् कोलीफर्मयुक्त पानी !

ट्रमा सेन्टरका चिकित्सक र कर्मचारीले पिउँछन् कोलीफर्मयुक्त पानी !


काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत पर्ने राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक र बिरामीले कोलीफर्म (दिसामा मिसिएको जीवाणु) मिसिएको खानेपानी प्रयोग गरेको पाइएको छ । शुद्ध पिउने पानीका नाममा ट्रमा सेन्टरले ‘गुड डे’ नामक कम्पनीबाट दैनिक ५० जार पानी ल्याउने गरेको छ ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा दिसामा हुने जीवाणुयुक्त पानी खुवाउनु अस्पताल प्रशासन र पानी वितरक कम्पनीले कमजोरी देखिन्छ । ट्रमा सेन्टरका निर्देशक डा. प्रमोदकुमार यादव शुद्ध पिउने पानीमा कोलीफर्म भेटिएलगत्तै वितरणमा रोक लगाएको बताउँछन्।

 

 

 

 

 

 

 

 

उनका अनुसार, उक्त कम्पनीको पानी विगत तीन वर्षदेखि अस्पतालमा खरिद हुँदै आएको थियो । कम्पनीले वितरण गरेको पानीको शुद्धतामा आशंका गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएको थियो । तर, उक्त पानीमा कोलीफर्म (दिसामा मिसिएको जीवाणु)को मात्रा १८० एमएल पाइएको छ ।

प्रयोगशालाकी निर्देशक डा. रुना झा पिउने पानीमा शुन्य एमएल पनि कोलिफर्म देखिन नहुने बताउँछिन । ट्रमा सेन्टरमा ५ सय स्वास्थ्यकर्मी र बिरामीहरुले समेत यस्तो पानी पिउदै आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ