२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्ति अस्पतालमा कुरुवालाई सास्ती !

कान्ति अस्पतालमा कुरुवालाई सास्ती !


काठमाडौँ – सरकारी अस्पतालमा विरामी कुर्ने करुवाले निकैसास्ती भोग्नु परेको छ। अधिकांश अस्पतालमा विरामीको लागि मात्रै बेड हुने हुँदा रातको समय विरामी कुर्न बसेका कुरुवाहरु चिसो भुईमै सुत्नु पर्ने बाध्यता देखिन्छ। निजि अस्पतलामा कुरुवाको लागि भनेर छुट्टै ‘प्राइभेट वार्ड’को व्यबस्था गरिएको हुन्छ जसको शुल्क निकै महँगो हुने गर्छ। महँगो शुल्क तिर्न सक्ने हर कोहिको क्षमता हुँदैन जसकारण विरामी करुवाहरु भुईमै म्याट ओछ्याएर सुत्न बाध्य छन्।

रातको समयमा विरामी कुर्न निकै कष्ट हुने कान्ति बाल अस्पतालमा उपचार गराउन आउने धेरै विरामी कुरुवाको गुनासो छ। झापा देखि छोरीको उपचार गराउन कान्ति अस्पताल पुगेका सुमन ढकाल आफै थला पर्ने अबस्था छन्। उनको छोरी क्यान्सर रोगबाट पिडित छिन्। टाढाबाट आएकाले उनी र उनको श्रीमतीको अस्पतालमै बास छ। उनी भन्छन्, ‘अस्पताल आएको ९ दिन पुग्यो, खर्च मात्रै १७ हजारभन्दा बढी भईसक्यो, अझै कति लाग्ने हो भन्न सकिन्न। नयाँ ठाउँमा आफ्नो भन्नु कोहि छैन, होटेलमा बस्नलाई महँगो पैसा तिर्न सक्दैनौ त्यसैले अस्पतालको चिसो भुईमा बस्न बाध्य छौ।’

त्यस्तै, दाङका गणेश चौधरी १४ दिन देखि आफ्नो छोराको उपचार कान्ति अस्पतालमा गराई राखेका छन्। उनको जन्मिएको ११ दिन मात्रै पुगेको छोराको श्वासप्रश्वास समस्या देखिए पछि उनी लामो दुरी पार गरी आफ्नो श्रीमती सहित् राजधानी आएका हुन्। ढकालको जस्तै उनी र उनको श्रीमतीको बास अस्पताल मै छ। पेशाले ड्राइभर उनी आफ्नो काम धन्दा छाडेर छोराको उपचारमा खटेका छन्। ‘लामो यात्रा गरेर आयौ, जाने ठाउँ काहिँ नभएर अस्पतालमै बसिरहेका छौ। खाना, खाजा र छोराको उपचार गरेर २५ हजार खर्च भईसक्यो। राती हामी चिसो भुईमै सुत्छौ।’ ,उनले भने।

 (प्रशिक्षार्थी)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ