काठमाडाैं–नेपाल सरकारले संघीय संरचनाअनुसार स्वास्थ्यकर्मीको समायोजन गर्दा ५ गाउँपालिका अनमीबिहिन भएका छन् । २ वटा गाउँपालिका हेल्थ असिस्टेनट/अहेव/सुपरभाइजरबिहिन भएका छन् ।
हेल्थ असिस्टेनट/अहेव/सुपरभाइजर बिहिन हुने गाउँपालिकामा मुस्ताङको लो घेकर दामोदरकुण्ड र सोलुखुम्बुको खुम्बु पासाङलामु गाउँपालिका रहेका छन् । त्यसैगरी मनाङको चामे र ङस्याङ गाउँपालिका, मुस्ताङको बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिका, डोल्पाको छार्का ताङसोङ गाउँपालिका र हुम्लाको अदानचुली गाउँपालिका अनमी बिहिन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।
त्यसबाहेक अधिकांश उच्च पहाडी जिल्ला र हिमाली क्षेत्रमा पनि धेरै दरबन्दी खाली रहेकाे छन् । श्रेष्ठले बढी भएका ठाउँबाट ती स्थानमा समायाेजनमा जान मन्त्रालयले प्राेत्साहन गरिरहेकाे बताए । उनले समायोजनको काम सकिने चरणमा रहेको समेत जानकारी दिए ।
हेल्थ असिस्टेन्ट, अहेव र सुपरभाइजर
लो घेकर दामोदरकुण्ड मुस्ताङ १० मा १० खाली
खुम्बु पासाङ्गलामु गाउँपालिका १३ मा १३ खाली
बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिका १३ मा ११ खाली
लोमान्थाङ गाउँपालिका मुस्ताङ १० मा ९ खाली
घरपझोङ गाउँपालिका मुस्ताङ ७ मा ५ खाली
मनाङ ङिस्याङ गाउँपालिका २२ मा १८ खाली
चामे गाउँपालिका मनाङ ४ मा ३ खाली
ताराखोला गाउँपालिका बागलुङ १३ मा १० खाली
महाशील गाउँपालिका पर्वत २० मा १५ खाली
थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बु १९ मा १४ खाली
भोटखोला गाउँपालिका संखसवासभा १० मा ६ खाली
हतुवागढी गाउँपालिका भोजपुर २० मा १८ खाली
टेम्केमैयुङ भोजपुरमा २८ मा २४ खाली
याङवरक गाउँपालिका पाँचथरमा १६ मा १२ खाली
तुम्वेवा गाउँपालिका पाँचथरमा १३ मा ८ खाली
अनमी खाली भएका हिमाली गाउँपालिका
मनाङ चामे ५ मा ५ खाली
मनाङ ङिस्यांग गाउँपालिका १५ मा १५ खाली
मुस्ताङ बाह्रगाउ मुक्तिक्षेत्र गाउँपालिका ९ मा ९ खाली
छार्का ताङसोङ गाउपालिका डोल्पा ५ मा ५ खाली
अदानचुली गाउँपालिका हुम्ला ५ मा ५ खाली
जगदुल्ला गाउँपालिका ७ मा ६ खाली
डोल्पो बुद्ध गाउँपालिका ५ मा ४ खाली
लोमन्थाङ गाउँपालिका ७ मा ६ खाली