काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनमा गुनासो परेका ३ सय २५ कर्मचारीको समायोजन सच्याएको छ ।
समायोजनमा अपायक परेर निवेदन दिएकामध्ये स्थानीय तहमा रिक्तता तथा पालिकाको सिफारिसको आधारमा आवश्यकताअनुसार समायोजन सच्याएको हो ।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको समायोजन सच्चाइएको लिष्टमा अनमी, हेल्थ असिष्टेन्ट, पब्लिक हेल्थ, नर्स, अहेब, सी अहेब लगायतको छ ।
विशेष गरी नाम पदका कारण समायोजनमा समस्यामा रहेकालाई सच्याएर समायोजन लिष्ट निकालिएको मन्त्रालयले जनाएको छ ।
यसअघिको समायोजनमा सामान्य प्रसाशन मन्त्रालयले विभिन्न समयमा दिइएका नाम पदलाई नमान्ने भनेपछि समस्या सिर्जना भएको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भएर भानुभक्त ढकाल आएपछि उनले मन्त्रिपरिषदबाट नाम पदको विवाद समाधान गरेसँगै समायोजन अगाडि बढेको हो ।
सूची हेर्नोहोस