२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रसाई पक्राउ  गर्न जिप्रकाकाे अनुमति

प्रसाई पक्राउ  गर्न जिप्रकाकाे अनुमति


काठमाडौं–जिल्ला प्रशासन कार्यालय भक्तपुरले वि एण्ड सी अस्पताल झापाका संचालक दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रसाईंका विरूद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले आयोग कार्यालयमा गुण्डा लगाई अभद्र व्यवहार गरेको उजुरी गरेका थिए । प्रशासनले प्रसाईलाई पक्राउ गरी अनुसन्धान र वयानका लागि पक्राउ पुर्जी दिन आदेश दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ अनुमति पाएसँगै प्रहरी प्रसाईंको घरमा पुगेको थियो । घरमा उनि नभेटेपछि प्रहरी फर्किएको थियो ।

प्रसाई विरुद्ध राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा गिरीले जिल्ला अदालत काठमाडौमा मानहानीको मुद्धा समेत हालेका छन् ।

डा गिरीलाईं प्रसाईंले प्रस्तावित वि एण्ड सी कलेजको सम्बन्धनका लागि २० करोड घुस मागेको आरोप लगाएका थिए । प्रसाईंले पनि गिरी विरूद्ध अख्तियार र सम्पति शुद्धिकरण विभागमा मुद्दा दायर गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ