२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयुवादेखि अग्रज सबै चिकित्सकको हौसला पाएको छु : डा. पाण्डे

युवादेखि अग्रज सबै चिकित्सकको हौसला पाएको छु : डा. पाण्डे


काठमाडौं-आगामी माघ पहिलो साताबाट हुन गइरहेको नेपाल चिकित्सक संघ (एनएमए)का महासचिवका उम्मेदवार डा. दिपेन्द्र पाण्डेले संघलाई सबै चिकित्सकहरुको साझा संस्था बनाउन आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै डा. पाण्डेले आफूले एनएमएलाई युवादेखि अग्रजहरुसम्मको साझा संस्था बनाउने योजनाका साथ महासचिवमा उम्मेदवारी दिएको बताए ।

उनले सरकारी चिकित्सक संघ (गोदान)को अध्यक्ष भएर सुषुप्त रहेको संस्थालाई देशव्यापी बनाएको भन्दै युवादेखि अग्रज चिकित्सकहरुले आफूलाई समर्थन गरेको बताए । ‘अहिले एनएमएमा चलायमान महासचिवको खोजी भैरहेकाे छ,’ उनले भने, ‘सबैले उपयुक्त त हाेस् र त्यो तैले पूरा पर्न सक्छस् भन्नु भएको छ ।’

पत्रकार सम्मेलनमा जेल वीथ आउट वेल, चिकित्सक पारिश्रमिक वृद्धि, सरकारी दरबन्दी बढाउनुपर्नेजस्ता मुद्धा आफै नेतृत्व गरेको सरकारी चिकित्सक संघले सुरु गरेको उल्लेख गर्दै उनले त्यसलाई मुर्त रुप दिन आफूले संघको महासचिवमा उम्मेदवारी दिएको बताए । ‘हिजो युवा साथीहरुको साथमा यी मुद्धा हामीले नै उठाएका हौं,’ उनले भने, ‘अब युवा र अग्रज सबैको साथ लिएर उठाएका मुद्धालाइ टुंगोमा पु¥याउन मेरो उम्मेदवारी हो ।’

संघको आगामी महाधिवेसनका लागि सबै उम्मेदवारले एकल उमेदवारी दर्ता गरेको हुँदा कुनै पनि प्यानल नभएको दावी गरे । उम्मेदवारी दर्ता गरेपछि आफू देशैभर चुनावी प्रचारमा हिडिरहेको र माहोल आफ्नो पक्षमा रहेको समेत उनको भनाइ थियो । ‘चिकित्सकहरुलाई प्यानलको कुनै मतलब छैन्,’ उनले भने, ‘अधिकांस जिल्लामा जाँदा काम गर्ने अठोट भएको उम्मेदवार खोज्नुभएको छ ।’

डा. पाण्डेले आफू कुनै पनि पक्षधरतामा नरही सही एजेण्डालाई बोक्ने भएको हुँदा सबै चिकित्सकलाई भोट दिन अपिल समेत गरे । उनले गोदानको नेतृत्व गरिरहँदा उठाएका सबै एजेण्डालाई निष्कर्षमा पु¥याएको बताए । ‘मैले अहिलेसम्म उठाएका कुनै पनि एजेण्डालाई बीचैमा छोडेको छैन्,’ उनको दावी छ, ‘त्यही भएर सबै युवादेखि अग्रजहरुले मलाई हौसला दिइरहनुभएको छ ।’

डा. पाण्डेले उठाएका एजेण्डाहरु


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ