२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्राकृतिक चिकित्सा तथा योग अस्पताल एसोसियन नेपाल गठन

प्राकृतिक चिकित्सा तथा योग अस्पताल एसोसियन नेपाल गठन


काठमाडौं—प्राकृतिक चिकित्सा तथा योग अस्पताल एसोसियन नेपाल गठन भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै उक्त संस्था गठन भएको जानकारी दिइएको हो ।

प्राकृतिक चिकित्सा तथा योग अस्पताल क्षेत्रअन्र्तगत रहेका विभिन्न संस्था तथा अस्पताललाई एक पेशागत गैर संस्थाको आवश्यकता भएको भन्दै उक्त संघ गठन गरिएको जनाइएको छ ।

प्राकृतिक चिकित्सा क्षेत्रलाई वैज्ञानिक ढंगबाट विकास गर्दै त्यसअन्तर्गत कार्यरत रहेका अस्पताल, स्वास्थ्य संस्था तथा ब्यवसायीको संरक्षण तथा सम्वद्र्धन गर्ने संघको मुख्य उद्देश्य रहने बताइएको छ ।

पत्रकार सम्मेलनमा उक्त समितिले प्राकृतिक चिकित्सा क्षेत्रअन्तर्गत रहेका कमीकमजोरी र अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा यस क्षेत्रलाई हेर्ने छुट्टै निकाय गठन माग गर्ने जनाएको छ ।

संघले प्राकृतिक चिकित्सा तथा योग क्षेत्रको निम्ति स्पष्ट कानुन, निति–नियम, निर्देशिका तथा कार्यक्रमहरु बनाई यस क्षेत्रलाई व्यवसायिक र मर्यादित पहल गर्ने समेत जनाएको छ ।

निजी, गैर सरकारी र सामुदायिक गरी ५० भन्दा बढी स्वास्थ्य संस्थाहरु सञ्चालित हुदै आएका यस संस्थाले वार्षिक रुपमा २ लाखभन्दा बढि ब्यक्तिहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ