२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिःशुल्क आँखा शिविरमा ३ सय ३० जनाले लिए सेवा

निःशुल्क आँखा शिविरमा ३ सय ३० जनाले लिए सेवा


बुटवल—पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा निःशुल्क आँखा शिविर संचालन गरिएको छ । स्थानीय स्वास्थ्य चौकीमा सञ्चालन गरिएको आँखा शिविरमा ३ सय ३० जनाले सेवा लिएका छन् ।

रम्भा गाउँपालिका–१ को हुँगी स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको हो । शिविरमा सेवा लिएका ३ सय ३० जना आँखाका बिरामीमध्ये २५ जनामा मोतियाबिन्दु र छ जनामा मासु पलाएको भेटिएको कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका नेत्र सहायक अजयकुमार पालले जानकारी दिए ।

मोतियाबिन्दुको बिरामीलाई पुस २८ गते रामपुर नगरपालिकाको कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रमा निःशुल्क शल्यक्रियाका लागि पठाएको छ । शिविरमा आँखा कमजोर भएका १ सय १५ जना बिरामीलाई चस्मा वितरण तथा अन्य बिरामीलाई समस्याअनुसारका औषधि निःशुल्क प्रदान गरिएको छ ।

रम्भा गाउँपालिको आयोजना र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो ।

केन्द्रले बेलाबेलामा कालीगण्डकीबेसीका विभिन्न ठाउँमा पुगेर स्थानीय तह, सामाजिक संघसंस्थाको समन्वयमा आँखा उपचारका लागि घुम्ती शिविरमार्फत प्राविधिक सेवा दिने गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ