२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसामाजिक विकासमन्त्री भन्छन्, ‘जनस्वास्थ्य विधेयक संसदमा पेश हुन्छ’

सामाजिक विकासमन्त्री भन्छन्, ‘जनस्वास्थ्य विधेयक संसदमा पेश हुन्छ’


बुटवल—प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेशसभामा जनस्वास्थ्य विधेयक पेश हुने बताएका छन् । समाजिक विकास मन्त्रालयले तयार गरेको विधेयक आगामी माघको पहिलो हप्तादेखि सुरु हुने प्रदेशसभाको बैठकमा पेश गर्ने तयारी भैरहेको बताए ।

सामाजिक विकास मन्त्रालयले विहिवार बुटवलमा अयोजना गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार’ सम्बन्धी छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री बरालले विधेयक पास भएपछि स्वास्थ्य क्षेत्र व्यवस्थित हुने विश्वास समेत व्यक्त गरे । तीन वर्षमा प्रदेशमा रहेको अस्पतालहरुलाई मापदण्डमा ल्याउने गरी मस्यौदा तयार भएको छ ।

अर्को प्रसंग जोड्दै मन्त्री बरालले प्रदेशमा गर्भपतनको अवस्था गम्भीर रहेको बताए । उनले अन्तिम र बाध्यात्मक अबस्थामा मात्र गर्भपतन गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिए ।

उनले २० वर्ष उमेर समूहका किशोरीहरुले समेत गर्भपतन गर्ने कार्यले प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्न सक्नेतर्फ सचेत हुनुपर्ने बताए । सुरक्षित गर्भपतन सेवाको दुरुपयोग भएको भन्दै उनले असुरक्षित गर्भपतनलाई शुन्यमा झार्न मन्त्रालयले सरोकारवाला निकायहरुसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ