बेड संख्या र बिरामी भर्नाका आधारमा नेपालका उत्कृष्ट १० मेडिकल कलेज

काडमाडौं–नेपालमा सञ्चालित तीन वटा मेडिकल कलेजका अस्पतालहरु बिरामीले सधै भरिने गरेको पाइएको छ । नेपाल मेडिकल काउन्सिलले प्रत्येक वर्ष सिट निर्धारणका लागि गर्ने इन्सफेक्सनको तथ्यांकअनुसार भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (सिओएमएस), विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (विपीकेएचआइएस) र पोखरामा रहेको मनिपाल कलेज अफ मेडिकल साइन्सेजमा रहेका सबै सैय्या बिरामीले भरिने गरेका छन् ।
तीन वटामध्ये विपीकेएच आइएस ७ सय २१ बेड र सिओएमएस र मनिपालका ५/५ सय वेड सधै बिरामीले भरिने काउन्सिलको तथ्यांकमा उल्लेख छ । (हे तथ्यांक)
त्यसैगरी त्रिवि शिक्षण अस्पतालका ९० प्रतिशत बेड बिरामीले भरिने गरेका छन् । काउन्सिलको तथ्यांकअनुसार नेपालका २० वटा मेडिकल कलेजमा ११ हजार २ सय ४६ शैय्या रहेका छन् । त्यसमा प्रतिदिन ८ हजार ७० बिरामी भर्ना हुने गरेका छन् । जुन सम्पूर्ण वेड संख्याको ७१ दशमलव ८ प्रतिशत हुन आउँछ । काउन्सिलबाट प्राप्त तथ्यांकमा ललितपुरस्थित किष्ट मेडिहल कलेजको तथ्यांक भने प्राप्त हुन सकेन ।
कम बिरामी भर्ना हुने मेडिकल कलेजमा जानकी मेडिकल कलेज रहेको छ । सो कलेजमा ४ सय ३६ वेड भएकोमा औसतमा दैनिक १ सय ३६ बिरामी भर्ना हुने गरेका छन् । त्यसैगरी, दोस्रो कम बिरामी भर्ना हुने शिक्षण अस्पतालमा देवदह मेडिकल कलेज रहेको छ । सो अस्पतालमा ४ सय वेड छन् भने औसत १ सय ४६ बेडमा मात्र बिरामी हुन्छन् ।
नेपाल मेडिकल काउन्सिलको नियमअनुसार शिक्षण अस्पतालका ६० प्रतशत बेड अकुपाई हुनुपर्छ ।
धेरै पढिएका
- १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए
- २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा
- ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ४ स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित)
- ५ योग के हो ? यसका प्रकार र फाइदा
- ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ७ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश
तपाईको प्रतिक्रिया दिनुहोस